नगरप्रहरी गुरागाईको निधन, मेचीनगरद्वारा शोक विदा


मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक (असई) दिनेश गुरागाईकाे निधन भएको छ । उनकाे आज विहान ५:२५ मा निजी निवासमा मेचीनगर-७ स्थित ईटाभट्टामा निधन भएको हाे ।

बारूणयन्त्र इकाईका इन्चार्ज समेत रहेका ५९ वर्षीय गुरागाई गत एक वर्षदेखि पायल्स राेगबाट ग्रसीत रहेका थिए । पायल्स वीग्रीएर ठुलाे आन्द्राकाे दुई पटक शल्यक्रिया गरिएको थियाे । आन्द्रामा क्यान्सर भएपछि घरैमा थलिएका थिए ।

उनका एक जना श्रीमती र दुई छाेरामा कान्छा छाेरा नरेश गुरागाईकाे यसअघि नै निधन भएको थियाे । उनका श्रीमती तुलसा, जेठा छाेरा राजेश, वुहारी निर्मला र नाति निश्चल गुरागाई छन् ।

असई गुरागाई नगरपालिका स्थापना कालदेखिनै नगर प्रहरीमा कार्यरत थिए । एक कुशल, इमानदार र राष्ट्र सेवकप्रति वफादार रहेका गुरागाईकाे निधनले नगरपालिका परिवार र सिङ्गाे मेचीनगर स्तब्ध बनेकाे छ । गुरागाईकाे निधनमा नगरपालिकाले शाेक विदा दिएकाे छ ।