बाढीपहिरो अपडेट : झापामा ४३१ घर डुबानमा

झापा। हिजो साँझदेखि परेको भारी वर्षाले झापाका विभिन्न नदीमा भीषण बाढी आएको छ । खोला गाउँबस्ती पस्दा सयौँ घरमा क्षति पुगेको छ । झापाका विभिन्न पालिकामा बाढी र डुबानमा परेर ४३१ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी प्रवक्ता खगेन्द्र खड्काका अनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
कनकाई नदीको बाढी पस्दा झापा गाउँपालिका–२ सुगाबथानका ५६ घर विस्थापित भएका छन् । उनीहरुलाई सोही वडाको कुवाडीदेवी माविमा सुरक्षित राखिएको छ ।
त्यस्तै, शिवसताक्षी ४, ५, ६, र ७ नम्बर वडामा ३५० घर डुबानमा परेका छन् । उनीहरूलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, झापा गाउँपालिका–१, ६ र ७ नम्बर वडा पनि सानो माईखोदाको बाढी बस्तीमा पसेको छ । उनीहरूलाई उद्दार गरेर आफन्तको घरमा सारिएको छ ।
त्यस्तै, भद्रपुर–५ गैरीगाँउमा मेची खोला पस्दा २५ घर विस्थापित भएका छन् । सातीघट्टा र ज्यामिरगढीको बस्तीका २५ घर जोखिममा परेको प्रहरीले जनाएको छ ।
यसैबीच, लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । झापाको बाह्रदशी, झापा, गौरीगञ्ज, कचनकवल गाउँपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।
झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनिया, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेकोे हो । ती क्षेत्र बाढी प्रभावित इलाका हुन् ।

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

झापा । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...