दशैं शुभ रहोस् ।
विषम परिस्थितिका बीच दशैँको रौनक प्रायः सबैको घरदैलोमा भित्रिसकेको छ । हालै मुलुक जेनजी आन्दोलन पछि विस्तारै उठ्न खोजिरहेको अवस्था छ । तर पनि हामीले महान पर्व मनाउनु पर्नेछ । आन्दोलनको उभारलाई बिर्सिएर भएपनि चाडवाड मनाउनुको विकल्प छैन । विभिन्न कारणले परिवारबाट टाढा बस्नु परेकालाई दशैँले परिवारजन र आफन्तबीच मिलनको अवसर प्रदान गर्छ । ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिएर मंगल कामना गर्ने प्रचलन दशैँको सबैभन्दा महत्वपूर्ण सांस्कृतिक पक्ष हो ।

प्रकाश पौडेल प्रकाशक/सम्पादक
प्रकृतिले जति अनुकूलता दिएपनि दशैँ भनेजस्तो सबैलाई सुखद् हुन गाह्रो परिराखेको छ । दशैँ प्रतिवर्ष महंगो सावित हुँदै गएको छ । एकातिर सामान्य जनताको जीवनस्तर खस्केको खस्क्यै छ, अर्कातिर मुठ्ठीभर सम्पन्न परिवारका लागि विलासी जीवन सजिलै उपलब्ध सुलभ छ । नवदुर्गा देवी भगवतीको पूजा आराधना गरेर मातृशक्तिको सम्मान गर्ने धार्मिक संस्कारको गुणगान गाइरहँदा घर, परिवार, समाज र देशैभर आक्रोस र आक्रान्त पैदा भइरहेका छन् ।
सहिष्णुता, धैर्य, संयम, सहमतीय संस्कार ओरालो लाग्दैछ । अहंकार, इश्या, गुटगत स्वार्थ जल्दोबल्दो देखिने वर्तमानले समाज र राष्ट्रकै लागि अनिष्टको पहाड बोकेर धम्क्याइरहे जस्तो प्रतीत हुन्छ । यी सबका बीच बडादशैँ आएको छ । शुभकामना आदानप्रदानको यो श्रृंखलामा उभिएर निराशामात्रै बाँड्न खोजेको होइन । तमाम समस्याकाबीच हाम्रा अगाडि असंख्य सम्भावना पनि छन् ।
तसर्थ, हामी आफ्नो भूमिका खोज्न सकौँ । विकृति विसंगतिबिरुद्ध जुझ्न सक्ने साहस, आँट र धैर्यता आओस् । विजयादशमीको अवसरमा हामी हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तकप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...