काँकरभिट्टाबाट नेपाल आउने पर्यटकमा वृद्धि
बिर्तामोड । विश्व पर्यटन दिवस २०२५ को अवसरमा झापाको बिर्तामोडमा ‘वर्तमान पर्यटन क्षेत्रको अवसर र चुनौती’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
ह्याप्पी ड्रिम्स चेप्टी प्रालिको आयोजना तथा पर्यटन पत्रकार मञ्च झापाको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पर्यटन क्षेत्रमा धेरै सम्भावना भए पनि सरकारले चाहेजति लगानी गर्न नसक्दा सोचेअनुरूप फाइदा लिन नसकेको बताइएको थियो ।
पर्यटन कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार गत दुई आर्थिकमा तेस्रो मुलुकबाट नेपाल भित्रने पर्यटकको संख्या दोब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०र०८१ मा नौ हजार ७६१ जना पर्यटक नेपाल भित्रिएकोमा आर्थिक वर्ष २०८१र०८२ मा नेपाल भित्रने पर्यटक १३ हजार ६७८ जना रहेका छन् ।
त्यस्तै, पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाका अनुसार काँकरभिट्टा नाका प्रयोग गरेर भित्रने भारतीय पर्यटकहरूको संख्या पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०८०र८१ मा ७१ हजारभन्दा बढी पर्यटक आएकोमा आर्थिक वर्ष २०८१/०८२ मा ७८ हजारभन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिएका छन् ।

ह्याप्पी ड्रिम्स चेप्टीका सञ्चालक दिनेश शिवाकोटीले प्रत्येक वर्ष ५ लाखभन्दा बढी पर्यटक भित्र्याउन सफल भएको आफ्नो पार्कमा राज्यले न्यूनतम सहयोग पनि नगरेको गुनासो गरे । उनले राज्यले प्रचारप्रसार नगरिदिँदा ठुलो सम्भावना भए पनि सीमित पर्यटक मात्र आफ्नो पार्कमा आउने गरेको बताए ।
पर्यटन पत्रकार मञ्च झापाको संयोजनमा भएको कार्यक्रमका अध्यक्ष विनोद पाण्डेले निजी क्षेत्रलाई सरकारले नीतिगत सहयोग गर्न जरुरी रहेको बताए । उनले निजी क्षेत्र सामुदायिक क्षेत्र र सरकारी क्षेत्र एकताबद्ध रुपमा अघि बढ्न सके मात्र पर्यटन प्रवद्र्धन गर्न सकिने बताए ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...