इस्ट होराइजनका पूर्वविद्यार्थीले गरे धुलाबारी इप्रकाको पुनर्निर्माण
धुलाबारी । इस्ट होराइजन अंग्रेजी मावि धुलाबारीका पूर्व विद्यार्थीहरुको संस्था इस्ट होराइजन अलुम्नाइ सोसाइटीले क्षतिग्रस्त प्रहरी भवनको झ्याल निर्माण गरिदिएको छ ।
जेनजी आन्दोलनका क्रममा तोडफोड गरेर काम नलाग्ने बनाइएको इलाका प्रहरी कार्यालय धुलाबारीको कार्यालय भवन तथा अन्य भवनको झ्यालको पुनर्निर्माण सोसाइटीले गरिदिएको हो ।
आज एक कार्यक्रमका बीच सोसाइटीले झ्याल हस्तान्तरण गरेको छ । झ्यालको निर्माण आजै सम्पन्न भएको सोसाइटीका अध्यक्ष भूमि पौडेलले जानकारी दिए ।
करिब एक लाख रुपैयाँको लागतमा प्रहरी कार्यालयको झ्यालको पुनर्निर्माण गरिएको हो । विद्यालयका पूर्वविद्यार्थीहरुबाट संकलन गरिएको सहयोग रकमले झ्याल निर्माण गरिएको सोसाइटीका महासचिव हिमाल खरेलले बताए ।
हस्तान्तरण कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले विद्यार्थीबाट संकलन गरिएको रकमबाट सुरक्षाजस्तो संवेदनशील पक्षमा काम गरिएकोमा खुसी व्यक्त गरे ।
चाडपर्वको मुखमा सुरक्षा दिने निकायकै असुरक्षित देखिएपछि सोसाइटीले प्राथमिकतामा राखेर प्रहरी कार्यालय धुलाबारीको झ्यालको सबै सेट नयाँ लगाइदिएको अध्यक्ष पौडेलले बताए ।
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
