लुटपाट गरिएको सामान फिर्ता गर्न झापा प्रशासन आग्रह
झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गर्नेहरुको पहिचान भइरहेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आज जारी गरिएको सूचनामा लुटपाट गरिएका सामान फिर्ता गर्न आग्रह गरिएको छ ।
‘लुटपाटमा संलग्न व्यक्तिहरु र सामग्री लुकाइएका स्थानहरुको पहिचान गर्ने कार्य सीसीटीभी फुटेज र सामाजिक सञ्जालमा उपलब्ध श्रब्य दृश्यहरु समेतका आधारमा सुरक्षा निकायबाट भइरहेको छ’– प्रशासनको सूचनामा भनिएको छ ।
सोही क्रममा लुटिएका धनमाल, फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप, भाँडाकुँडा तथा अन्य विविध सामाग्रीहरूका साथै सुरक्षा निकायबाट लुटिएका हातहतियार र सञ्चार सेटहरू समेतका उपकरण तथा अन्य सामाग्री तत्काल सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचनामा उल्लेख गरिएको छ ।
तोडफोड र लुटपाट गर्ने अवाञ्छित तत्वहरुको पहिचान भइरहेको हुँदा लुटेर कसैले कुनै सामान लगेको भए तत्काल फर्काउन सूचनामा भनिएको छ ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


