यसरी जन्मियो स्कुलस् ब्रेनवेभ

स्कुलस् ब्रेनवेभएक रचनात्मकमस्तिष्कहरुको साझा मञ्च हो । ब्रेनवेभ अंग्रेजी शब्द हो, यसको अर्थ विभिन्न क्षेत्रमा, क्षेत्र अनुसार अर्थ लाग्न सक्छ । शिक्षाको क्षेत्रमा भने सिकाइ, मूल्यांकन र प्रशंसा गर्ने प्रकृयासँग अर्थ लगाइएको छ । ब्रेनवेभ व्यक्तिको मस्तिष्कलाई सकारात्मक र प्रगतिशील, रचनात्मक एवं सिर्जनशील, खोज तथा अनुसन्धान गर्न गराउन प्रेरित गर्ने लक्षसँग सम्बन्धित छ । “मस्तिष्कको तरंग”, बौद्धिकचमक वा झिल्को, बुझाइको झिल्को, नयाँ विचार, प्रेरणादायी विचार, सिर्जनशील विचार आदि अर्थ बोकेको यो शब्दले खासगरी विद्यार्थीहरुको मस्तिष्कको उपचार कसरी गर्दा राम्रो हुन्छ भन्ने कुराको वकालत गर्दछ ।
शिक्षाको क्षेत्रमा काम गर्ने व्यवस्थापक(योजनाकार), प्रशासक (कार्यकारी), शिक्षक, विद्यार्थीहरु(सिकारु) अनि अभिभावक लगायत, स्टेकहोल्डरहरुको मस्तिष्क, एउटा निश्चित फ्रेमवर्कमादायाँबायाँ नसोची हिँड्नु परेको हुन्छ ।दशकौँ वितिसक्ता पनि मस्तिष्क फिक्स भएर, बाँधिएर सिक्ने सिकाउने, सिकाइका कार्यक्रमहरु गर्ने गराउने र मूल्यांकन गर्ने गराउनेमा सीमित भएको पाइन्छ । खाली हिजो अरुले के गरे, हिजोबाट के चल्दै आयो, के भनिएको छ भन्ने जस्ता जडशुत्र भएर नक्कल मात्र गर्ने गरेकाले धेरै ठुलो संख्यामा निरुत्साहित भइरहेको, अपमानित भइरहेको, द्वन्द्व बढिरहेको, असन्तुष्टिमात्र हैन ठुलो र सानो, सफल र असफल, तल र माथि जस्ता मनोवैज्ञानिक वर्ग निर्माण भइरहेको पाइन्छ । यस्तो अमानवीय प्रतिस्पर्धात्मक शैक्षिक क्रियाकलाप अन्यायपूर्ण मूल्यांकन विधि, प्रशंसा र त्यहाँ भित्र मौलाएको कृपांक, पहुँचको प्रभाव, खरिदांक जस्ता विकृत शैक्षिक संस्कार र संस्कृतिको विकल्प खोजीको जगमा जन्मिएको मञ्च हो–स्कुलस् ब्रेनवेभ ।
मानव सभ्यताको पृष्ठभूमिबाट हेर्ने हो भने प्रतिस्पर्धा प्राकृतिक, साँस्कृतिक र सामाजिक गरी मुलत दुई प्रकारको हुन्छ । जैविक रुपमा प्राकृतिक छनोटबाटै शुरु भएको प्रतिस्पर्धाप्राकृतिक प्रतिस्पर्धा हो । यसले मानवीय संवेदनालाईखास असर गर्दैन । खेलकुद, शिक्षा र ज्ञान अनि आधुनिक मानव सभ्यतासँग सम्बन्धित प्रतिस्पर्धा सांस्कृतिक र सामाजिक प्रतिस्पर्धा अन्तर्गत पर्दछन् । इसा पूर्व करिब ७७६ मा भएको ग्रीसको प्राचीन ओलम्पिक खेलबाट औपचारिक रुपमा प्रतिस्पर्धा संस्कृतिको पहिलोचोटी शुरुभएको मानिन्छ । ग्रीकहरु खेललाई जिससको सम्मानमा आयोजना गरि प्रतिस्पर्धात्मक रुपमा उत्सव मनाउथे । यसर्थ प्रतिस्पर्धा खेलबाट, त्यो पनि पश्चिममाबाट शुरु गरिएको संस्कृति हो ।शिक्षा र ज्ञानको क्षेत्रमा प्राचीन चीन र भारतमा विद्वान र विद्यर्थीबीच बहस–प्रतिस्पर्धा हुन शुरु भएको मानिन्छ ।महाभारतमा अर्जुन र अन्य पाण्डवहरुबीच भएको धनुष–प्रतिस्पर्धा र इपूकरिव २०० तिर राज्य सेवामा छनौट गर्न प्रतियोगिताको अभ्यास शुरु गरिएको मानिन्छ । आधुनिक युगमा १८औँ शताव्दीदेखि १९आँै शताब्दीमा औद्योगिक क्रान्तिपछि बजार अर्थतन्त्र बढेका कारण प्रतिस्पर्धा व्यापार,शिक्षा, खेल,विज्ञान लगायत सबै क्षेत्रमा फैलिएको पाइन्छ । आज त प्रतिस्पर्धानै प्रगति र नवप्रवर्तनको इन्धन मान्न थालिएको छ । तर, मानिस सुखी छैनन्, दुखी नै छन् ।
यहाँ किन यति धेरै प्रतिस्पर्धाको नालिवेली केलाएको भन्ने प्रश्न उठ्न सक्छ । स्कुल ब्रेनवेभ आजको यही प्रतिस्पर्धा र मूल्यांकन अनि मूल्यांकन पछि हौसला, प्रेरणा एवं प्रशंसा गर्ने प्रकृयासँगचित्त नबुझाएर जन्मिएको साझा मञ्च हो ।शिक्षाको क्षेत्रमा हैकम जमाएको प्रतिस्पर्धा के साँच्चै वैज्ञानिक र न्यायपुर्ण छ त?हामीले गरिरहेको शैक्षिक गतिविधिले के साँच्चै सकारात्मक र न्यायपूर्ण प्रतिस्पर्धा र प्रशंसा गरिरहेको छ त ? यो बहस अब चलाउनु पर्छ र बहस चलाउनलाई एउटा मैदान चाहिन्छ भनेर यो स्कुल ब्रेनवेभ वृत जन्मिएको हो ।
सकारात्मक र न्यायको कोणबाट हेर्याेभनेशिक्षा र शैक्षिक गतिविधिमा प्रतिस्पर्धाले विद्यार्थीलाई अझ राम्रो गर्न प्रेरित गर्छ, तर त्यो स्वस्थ प्रतिस्पर्धा हुन जरुरी छ । छ त आज शिक्षा क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा? यदि प्रतिस्पर्धाले सबै बिद्यार्थीलाई एउटै मैदानमा सबैलाई आफ्नो क्षमता देखाउने मौका दिन्छ भने न्यायसँग मिल्छ । विद्यार्थीले समान अवसर र प्रशंसा पाउने हो भने त्यो न्यायको दृष्टिकोणबाट ठिक छ । तर, के हाम्रा शैक्षिक क्षेत्रका प्रतिस्पर्धात्मक कार्यक्रमहरु र प्रशंसाहरुले समान अवसर र प्रशंसा पाउने गरेको छ त ? जसले कडा मेहनत गर्छ, उसले प्रसंसा र पुरस्कार पाउँछ भन्ने कुरा न्यायोचित हुँदाहुँदै पनि प्रश्न उठिरहेको छ कि, के कडा मेहनत गर्नेहरु साँच्चै पहिचान गर्ने, पुरस्कृत हुने र भइरहेको अवस्था छ त? हो यी र यस्ता प्रश्नहरुको उत्तर खोजी गरीविद्यार्थीहरुलाई प्रतिस्पर्धा र मूल्यांकन एवं पुरस्कारमा न्यायपूर्ण बनाउने प्रयत्न गर्न जन्मिएको नेटवर्क हो स्कुलस् ब्रेनवेभ ।
मानवीय कोणबाट केलाएमा प्रतिस्पर्धाले विद्यार्थीहरुमा धेरै नकारात्मक असर गरिरहेको हुन्छ भन्ने कुरालाई आजको भीडले वेवास्ता गरिरहेको छ । अत्याधिक र अस्वस्थ प्रतिस्पर्धाले विद्यार्थीलाई अनावश्यक दवाव दिने र मानसिक स्वास्थ्य बिगार्ने गरेको छ । डर, हिनताबोध, तिरस्कृत, तनाव, असमानता, हेलाहोँचो र वेवास्ता जस्ता मनोवैज्ञानिक र अमानवीय समस्याहरु ठुलो संख्यामा विद्यार्थीहरुले भोगिरहनु परेको छ । तर, आजको भीड यो संवेदनशिलता भुलेर थोरैमा रमाइरहेको छ, कुदिरहेको छ । प्रतिस्पर्धात्मक कृयाकलाप र मूल्यांकन अनि पुरस्कारले विद्यार्थीहरुमा तुलना गर्ने संस्कृतिको विकास जबरजस्त गर्छ, जसले आत्मसम्मानमा चोट पुर्याउँछ । विद्यार्थीहरु सबैको पृष्ठभूमि, क्षमता, सिक्ने शैली, विकास भएको प्रतिभा फरक फरक भए पनि सबैलाइ एउटै तराजुमा तौलन्छ जुन मानवीय संवेदनाको दृष्टिकोणमा न्यायपूर्ण छैन ।तर पनि प्रतिस्पर्धाको भीडले यी सबै अन्यायहरु र विद्यार्थीहरुमा पर्न जाने गम्भीर असरहरुलाई वेवास्ता गर्दै रमाईरहेकोछ, हिपहिप भनिरहेको छ, हुर्रे भनिरहेको छ । हो यिनै संवेदनशील पक्षहरुलाई बहस गर्न गराउन, मानव मस्तिष्कलाई तरंगित पार्दै विभिन्न रचनात्मक गतिविधिहरु गर्न गराउन यो स्कुलस् ब्रेनवेभ मञ्चले जन्म लिएको हो ।
आज सिकाईको क्षेत्रमा मूल्यांकनका विधिहरु रुपान्तरण भइसके । सिकाईलाइ एकीकृत नमुनामा लान शुरु गरिसक्यो । विद्यार्थीलाई निर्माणत्मक प्रक्रियामा सिकाउने विधि आइसक्यो । तर, शैक्षिक गतिविधिहरु, विभिन्न रुपमा आयोजित कार्यक्रमहरु र मूल्यांकनका नमुनाहरु र प्रशंसा एवं पुरस्कारका नमुनाहरु पुरानै शैलीमा जिउँका तिउँ छन् । थोरै संख्यालाइ छनोट गर्ने तर ठुलो संख्यालाई प्रतिभाविहिन बनाउने, क्षमता विहिन सावित गर्ने र औपचारिकता पुरा गर्ने संस्कार र शैली अवलम्वन गर्ने भिड अहिले पनि छ । धेरै कार्यक्रमहरु दशकौँ बर्षदेखि जस्ताको तस्तै नक्कल गर्ने चलन कायमै छ । कुनै नौलो र वैज्ञानिकपन छैन । रचनात्मक छैन । खोज तथा अनुसन्धानमुखी छैन । तमाम विद्यार्थीहरु भेला भएका छन् रभुल्याइरहेको छ । सीमित थोरैलाई अवल सावित गर्दै घना बिद्यार्थी संख्यालाई निरुत्साहित गर्न गराउनमानै चित्त बुझाउने फिक्स माइण्डसेट हामीसँग मौजुद छ ।
हो यिनै असमान, अन्याय पूर्ण, असंवेदनशील, अमानवीय शैक्षिक गतिविधि, मूल्यांकनका विधि र नमुना, प्रशंसा तथा पुरस्कारको विधि र नमुनालाई तरंगित रुपमा बहस चलाउन जन्मिएको नाम हो स्कुलस् ब्रेनवेभ । यो मञ्चमा सबै अटाउन सक्छन् । शताबदीयौँदेखि बहस हुँदै आएको सिकाई र मूल्यांकनमा प्रतिस्पर्धा न्याय र मानवताको कोणबाट ठिक छ कि छैन भन्ने बिषयलाई छलफल र बहस चलाउँदै सृजनशील, रचनात्मक, अनुसन्धनात्मक, उद्यमशील नमुनाका कार्यक्रमहरु पस्कँदै शैक्षिक गतिविधि गर्न गराउन संगठित संस्था हो यो स्कुलस् ब्रेनवेभ ।
कुनै पनि कामको इनिसिएसन आलोचित हुन सक्छ । बुझ्न बुझाउन कठिन हुन सक्छ । काहीँ कतै असर गर्न सक्छ । परम्पराहरु विस्थापित हुन सक्छन् । निश्चित विधिहरुमा बाँधिएको तलमाथिका चेनहरु तेडिन र छोडिन सक्छ । तर, यो नितान्त पवित्र मनले विद्यार्थी र सिकारुको मानवीय संवेदनशिलता र न्यायपूर्ण गतिविधि गर्न गराउन स्थापित मञ्च भएकोले ग्रोथ माइण्डसेटका सबै यो मञ्चमा अटाउन सहिन्छ ।
अन्तमा, स्कुलस् ब्रेनवेभ ले छिट्टै वैधानिकता पाउनेछ । अरु बढी रचनात्मक कार्यक्रमहरु गर्नेछ । विद्यार्थी, शिक्षक,शैक्षिक सरोकार राख्ने सबैको मस्तिष्कमा एउटा वेभ पैदा गर्छ सबैलाई मस्तिष्क रुपान्तरण र अध्यावधिक गरिरहनु पर्छ भन्ने कित्तामा पुग्न पुर्याउन प्रेरित गर्छ ।
(चिन्तक–समालोचक)

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...

काँकरभिट्टा । काँकरभिट्टा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा...

बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि...