धुलाबारी जेसिज : आठ व्यक्तित्व सम्मानित

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका पाँचवटा विभिन्न अक्षयकोषमार्फत आठ जना व्यक्तित्वलाई सम्मान गरिएको छ ।
कार्यक्रमको प्रमुख आतिथ्य मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपाल चन्द्र बुढाथोकी, विशिष्टद्वय क्षेत्र ‘क’ निरुपित उपाध्यक्ष राघव कोइराला र पूर्व अध्यक्ष समाज झापा जेसिज रमेश पोख्रेल रहेका थिए ।
कार्यक्रममा शिक्षा, सूचना प्रविधि, कृषि, खेलकुद तथा शैक्षिक उत्कृष्टता क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै शिवकुमार पौड्याललाई मुरारी–झलका पोखरेल अक्षय कोषबाट १५,०००/- सहित सम्मान गरियो ।
नेपाल सरकारका युवा साइबर सुरक्षा सल्लाहाकार सुशिल फुँयाललाई स्व. लोकनाथ भण्डारी स्मृति अक्षय कोषबाट ११,०००/- सहित सम्मान गरियो ।
उत्कृष्ट कृषककाे रूपाा रविचन्द्र नेपाल र उत्कृष्ट महिला क्रिकेट खेलाडी रिया शर्मालाई भोटु प्रसाई स्मृति अक्षय कोषबाट आ–आफ्नै १०,१११/- सहित सम्मान गरियो ।
साङ्गेन राई, कक्षा १२ विज्ञानतर्फ सामुदायिक विद्यालयमा सर्वोत्कृष्ट (CGPA 3.92, हिमालय मा.वि. दमक) र
सन्जु नेपाल, कक्षा १२ व्यवस्थापनतर्फ सामुदायिक विद्यालयमा उत्कृष्ट (CGPA 3.88, धुलाबारी मा.वि.) लाई स्व. दाताराम शर्मा स्मृति तथा पुनित वंशल अक्षय कोषबाट क्रमशः ११,०००/- र ५,०००/- सहित सम्मान गरियो ।
जेहेन्दार विद्यार्थी : धुलाबारी मा.वि.का प्रीतिका आचार्य (कक्षा ११) र जस्मिना भट्टराई (कक्षा १२) लाई स्व. पशुपति खनाल स्मृति अक्षय कोषबाट आ–आफ्नै ११,०००/- सहित सम्मान गरियो ।
प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले अक्षयकोषमार्फत विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान गर्नु प्रेरणादायी कार्य भएको उल्लेख गर्दै यसले समाजमा सकारात्मक प्रतिस्पर्धा र उत्कृष्ट कार्य गर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...