मेचीनगरको भुगोलमा बिर्तामोडको फोहोर, शवदाह स्थल पुरियो

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म गर्ने सार्वजनिक स्थान देउनीया खोलाको किनारमा बिर्तामोड नगरपालिकाले फोहोरमैला फालेपछी सरोकारवलाले कार्वाहीको माग गरेका छन् ।
शवदाह गर्ने र मलामी पुग्ने स्थानमा बिर्तामोड नगरपालिकाले आफुखुसी फोहोर फालेपछि आक्रोशित बनेका सरोकारवालाले सम्बन्धित निकायमा कार्वाहीको माग गरेका हुन् ।
पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत झापाको मेचीनगर-१३ स्थित देउनीया खोला छेउ दक्षिणपट्टी बिगत झन्डै ३२ वर्षदेखि स्थानीयले शवदाह स्थल बनाएको थियो । त्यस क्षेत्रका कमजोर आर्थिक अवस्थाका परिवारका सदस्यको निधनपछि अन्तिम संस्कार गर्न शव देउनीया घाटमा अन्त्येष्टि गर्दै आएका छन् । नियमित जसो आउने शवको अन्त्येष्टि गरिने भएकाले स्थानीय दाताले मलामी टहरासमेत बनाइदिएका छन् । उक्त घाटस्थलमा नगरपालिकाले सरोकारवालाको आँखा छलेर बिगतदेखि नै दोउनीया खोलाको पश्चिम किनारमा फोहोर फाल्न जेसिभीको प्रयोग गरेपछी मेचीनगर (१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले हरियाली सामुदायिक वनका अध्यक्ष जगतकुमार राई, मेची सब डिभिजन वन कार्यालयका प्रमुख सुरज निरौलालाई खवर गर्दै शवदाह स्थलमै पत्रकार सम्मेलन गरेका थिए ।
उनले पर्यावरण, वातावरण, वनस्पति, जलस्रोत र भुगर्भको हिसाबले र वातावरण अध्ययानपछि आईई र इआइए परीक्षण समेत नभएको र सम्बन्धित नगरपालिका मेचीनगरलाई समेत जानकारी नगरेकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए । उनले सो स्थाललाई शवदाह गृहको रुपमा ब्यवस्थापन गर्ने वडाध्यक्ष सिग्देलको बताए । दाताबाट आर्थिक सहयोग जुटिसकेकाले शवदाह गृह निर्माण गर्ने बताए । शवदाह निर्माणपछि मेचीनगर(१३ को आर्थिक सहयोगमा निस्शुल्क अन्त्येष्टि गरिने जानकारी दिए ।
त्यस्तै मेची सव डिभिजन वन कार्यालयका प्रमुख सुरज निरौला स्थानीय तहलाई फोहोर ब्यवस्थापनका लागि जमिन आवश्यक परेको खण्डमा डिभिजन वनसमक्ष भुउपयोगको माग गर्नुपर्ने र वनको भूगोल मेचीनगरकै रहेकाले सम्बन्धित नगरसँग समन्वय नगरी फोहोरमैला फाल्नु कानुनसम्बन्धि अनियमित कार्य रहेको बताए । उनले बिर्तामोड नगरपालिकालाई तत्काल पत्रचार गरेर स्पष्टीकरण माग गर्ने जानकारी दिए ।
हरियाली सामुदायिक वन समुहका अध्यक्ष जगतकुमार राईले बिर्तामोड नगरपालिकाले सामुदायिक वनसँग समन्वय नै नगरी फोहोर मैला फालेकाले आगामी दिनमा समितिले कडाइ गर्ने बताए । उनले ३२ वर्षयता तत्कालीन शनिअर्जुन, गरामनी, दुवागढी, धाइजन गाबिसभित्र कसैको निधन हुँदा देउनीया खोलामा शवको अन्तिम संस्कार गरिँदैआएको छ । हाल प्रायः कमजोर आर्थिक अवस्थाका परिवारका सदस्यको शवको अन्त्येष्टि गरिँदै आएको छ ।
उता बिर्तामोड वडा नम्बर(६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्वाले शवदाह स्थलमा फोहोर फालेर आफ्नो वडाले गलत काम गरेको स्वीकार गरेका छन् । उनले आगामी दिनदेखि त्यस्तो त्यहाँ फोहोर नफाल्ने फोनमा प्रतिबद्धता जाहेर गरे ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...