लिंकन मन्टेश्वरीमा लाखे आएपछि…………
बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिंकन मन्टेश्वरी स्कुलमा लाखे नाच प्रस्तुत गरिएको छ । मंगलवार स्कुल परिसरमा लाखे नाच देखाइएको हो ।
नेवारी समुदायसँग समन्वय गरेर लाखे नाच देखाइएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । विद्यार्थीहरूमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले लाखे नाच देखाइएको अध्यक्ष ओझाले जानकारी दिए ।

सानै उमेरमा साहित्य, संस्कृति, परम्परा र मौलिकताका कुरा बालबालिका लाई ब्यबहारिक रुपमा देखाएर सिकाउदा उनिहरुमा रचनात्मक हौसला मिल्ने भएकाले सो कार्यक्रम गरिएको बताईएको छ । केही दिन अगाडि जिल्ला स्तरीय लाखे नाच प्रतियोगितामा प्रथम स्थान हासिल गरेको सो लाखे नाच बिधालयमा देखाईएको हो । उक्त अवसरमा विद्यार्थीसहित अभिभावक र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

लिंकन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलका अनुसार विद्यार्थीहरूलाई हौसला प्रदान गर्नका लागि यस्ता प्रकारका कार्यक्रमहरु महत्वपूर्ण हुने बताए । उनले लिंकन मन्टेश्वरी स्कुलमा यस्ता किसिमका कार्यक्रमसँगै बालमैत्री वातावरणमा पठनपाठन भइरहेको बताएका छन् । लिंकन मन्टेश्वरी स्कुलले प्रत्येक वर्ष विद्यार्थीको क्षमता विकासका लागि विभिन्न कार्यहरू गर्दै आएको छ ।
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
