झापामा फोटो प्रतियोगिता र पत्रकारिता तालिम हुने
बिर्तामोड । राष्ट्रिय फोटो पत्रकार समूह झापा शाखाले जिल्लास्तरीय फोटो प्रतियोगिता, प्रदर्शनी र फोटो पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ।
समूहको हालै सम्पन्न कार्यसमितिको बैठकले कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। समूहका अध्यक्ष नेत्रविक्रम बिमलीका अनुसार झापाभर क्रियाशील फोटो पत्रकारहरूलाई एकीकृत गर्दै उनीहरूको पेशागत विकासका लागि व्यावसायिक अवसरहरू सिर्जना गर्नु कार्यक्रमको उद्देश्य रहेको छ।
उनका अनुसार समूहले झापामा आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम हो। तालिम भदौको अन्त्यसम्म सञ्चालन गरिनेछ भने फोटो प्रतियोगिता तथा प्रदर्शनी असोज महिनाभित्र सम्पन्न गरिने कार्यतालिका तय गरिएको छ।
कार्यक्रम घोषणा गरिएको बैठकमा नेपाल पत्रकार महासंघ झापा शाखाका सह–सचिव तिलक योञ्जनको उपस्थिति रहेको थियो।
बैठकले संस्थालाई थप सक्रिय बनाउन तथा कार्यक्रम व्यवस्थापन गर्न समूहका उपाध्यक्ष सन्तोष न्यौपानेको संयोजकत्वमा समिति पनि गठन गरेको छ।
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...


