झापामा फोटो प्रतियोगिता र पत्रकारिता तालिम हुने
बिर्तामोड । राष्ट्रिय फोटो पत्रकार समूह झापा शाखाले जिल्लास्तरीय फोटो प्रतियोगिता, प्रदर्शनी र फोटो पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ।
समूहको हालै सम्पन्न कार्यसमितिको बैठकले कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। समूहका अध्यक्ष नेत्रविक्रम बिमलीका अनुसार झापाभर क्रियाशील फोटो पत्रकारहरूलाई एकीकृत गर्दै उनीहरूको पेशागत विकासका लागि व्यावसायिक अवसरहरू सिर्जना गर्नु कार्यक्रमको उद्देश्य रहेको छ।
उनका अनुसार समूहले झापामा आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम हो। तालिम भदौको अन्त्यसम्म सञ्चालन गरिनेछ भने फोटो प्रतियोगिता तथा प्रदर्शनी असोज महिनाभित्र सम्पन्न गरिने कार्यतालिका तय गरिएको छ।
कार्यक्रम घोषणा गरिएको बैठकमा नेपाल पत्रकार महासंघ झापा शाखाका सह–सचिव तिलक योञ्जनको उपस्थिति रहेको थियो।
बैठकले संस्थालाई थप सक्रिय बनाउन तथा कार्यक्रम व्यवस्थापन गर्न समूहका उपाध्यक्ष सन्तोष न्यौपानेको संयोजकत्वमा समिति पनि गठन गरेको छ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...