इटाभट्टा बजार व्यवस्थापन समितिमा गठन, अध्यक्षतामा भण्डारी
मेचीनगर । मेचीनगर – ७ स्थित इटाभट्टामा अब्यवस्थित रुपामा सञ्चालन हुँदै आएको बजार अब भने ब्यवस्थित हुने भएको छ । यातायात व्यवसायी एवम् मेचीनगर – ७ का सामाजिक अभियान्ता खडानन्द भण्डारीको अध्यक्षतामा हालै १५ सदस्यीय बजार व्यवस्थापन समिति गठन भएसँगै इटाभट्टाबासी साप्ताहिक हाट बजार तथा दैनिक सञ्चालनमा रहेका सब्जी पसल व्यवस्थित हुने कुराले उत्साहित भएका छन् ।
वर्षौदेखि अव्यवस्थित बजार सञ्चालन हुँदा इटाभट्टा क्षेत्र अस्त ब्यस्त बन्दै आएको थियो । बजार व्यवस्थापन समिति नहुँदा अटो तथा सिटी रिक्सा, अब्यवस्थित हाट बजार लगायतका कारण सडक दुर्घटना समेत निम्तिँदै आएको अध्यक्ष भण्डारीले बताए ।
‘सडक पेटीमै राखिएका पसल, अटो तथा सिटी रिक्साको अब्यवस्थित सञ्चालनले निक्कै समस्या थियो,‘उनले भने, ‘अब सिटी रिक्सा तथा फुटपात बजारलाई व्यवस्स्थित गर्ने छौं ।’
उनले मेचीनगर – ७ वडा कार्यालय पछाडिको व्यवस्थित टहरामा आगामी भदौ पहिलो साताबाट साप्ताहिक हाट बजार लगाउने योजना रहेको समेत सुनाए । समितिले सडक किनारामा सञ्चालन हुँदै आएका सब्जी पसल समेत सोही क्षेत्रमा स्तान्तरण गर्ने उनको भनाइ थियो । ‘हामी आशावादी छौं’, अध्यक्ष भण्डारीले भने, ‘बजार ब्यवस्थित गर्न र इटाभट्टाको मुहारलाई सुन्दर बनाउने अभियानमा सबै क्षेत्रको सहयोग प्राप्त हुने छ ।’
मेचीनगर – ७ वडा कार्यालयको अगुवाइमा हालै भण्डारीलाई अध्यक्ष चयन गर्दै १५ सदस्यीय बजार व्यवस्थापन समिति गठन भएको थियो ।
मेचीनगर –७ का वडाध्यक्ष प्रह्लादमणी ओलीको प्रमुख आतिथ्यमा आयोजित भेलाले नवगठित समितिको उपाध्यक्षमा विनोद गिरी, सचिवमा श्याम घिमिरे, सहसचिवमा बब्लु राजबंशी, कोषाध्यक्षमा उर्मिलाशिल शर्मालाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी भेलाले समितिको सदस्यहरुमा तुलाराम ढुंगाना, तीर्थ कवर, मुन्ना शाह, मुकेश सहानी, दीपक आचार्य, गायत्री कटुवाल, जीवन ठाकुर, गोपाल खड्का, मोहन सिटौला, चन्दन राजबंशी तथा पदेन सदस्यमा अस्थायी प्रहरी बिट इटाभट्टा ईन्चाज प्रितिसिंह लिम्बूलाई चयन गरेको छ ।
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
