खबरमञ्च साप्ताहिककाे टिसर्ट लञ्च


मेचीनगर । झापाको मेचीनगरबाट प्रकाशन हुँदै आएको पत्रिका ‘खबरमञ्च साप्ताहिक’ ले आफ्नो १० औं वर्ष प्रवेशको अवसरमा टिसर्ट लञ्च गरेको छ । खबरमञ्च साप्ताहिकले १० औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै टिसर्ट लञ्च गरेको हो ।

टिसर्ट लञ्च कार्यक्रममा प्रेस सेन्टर कोशीका कोषाध्यक्ष झुलन रेग्मी, प्रेस क्लब मेचीनगर का उपाध्यक्ष खगेन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो।

रातो रङमा डिजाइन गरिएको टिसर्टमा पहेँलो अक्षरमा खबरमञ्च लेखिएको छ, जुन संस्थाको आत्मीयता र पत्रकारिताप्रतिको प्रतिबद्धताको प्रतिक हो । टिसर्ट वितरणले पाठक र शुभेच्छुकहरूसँगको सम्बन्ध अझ बलियो बनाउने उद्देश्य राखिएको छ ।


१० वर्षे निरन्तर यात्रापछि खबरमञ्च साप्ताहिकले वार्षिक ग्राहक योजना सुरु गरिएको छ। यो अभियानमा इभी नेपाल यातायात प्रालि, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्था, महेन्द्रद्वार सहकारी संस्था सदस्य बनेका छन् ।

३ साउन १० गते झापा जिल्ला प्रशासन कार्यालयबाट अस्थायी दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरेको हो । खबरमञ्च साप्ताहिकले सहरी क्षेत्र भन्दा पनि मेचीनगरका ग्रामीण भेगलाई बिशेष प्राथमिकतामा राखी जनताको समस्यालाई उजागर गर्ने प्रयास गरेको छ । ग्रामीण पत्रकारितालाई प्राथमिकता दिएर जिल्लामा धेरै दैनिक र साप्ताहिक पत्रिकाको भीडबाट ९ वर्ष अघि प्रकाशन सुरु भएको यो पत्रिकाले ग्रामीण पत्रकारितालाई प्राथमिकता दिएर आवाज विहीनहरुको आवाज बन्दै आएको छ ।