प्रेस चौतारीको ‘अग्रजलाई सुनौँ’ कार्यक्रम अहिलेका पुस्तालाई प्रेरणा

बिर्तामोड । बत्तिस सालदेखि पत्रकारिता सुरु गरेका झापाका अग्रज पत्रकार गंजबहादुर दाहालले आफ्ना जीवनमा भोगेका तीता–मीठा अनुभव सुनाए ।
आज प्रेस चौतारी नेपाल झापा शाखाले बिर्तामोड कार्यालयमा आयोजना गरेको ‘अग्रजलाई सुनौँ’ कार्यक्रमका आकषर्क व्यक्तित्व दाहालले स्क्रिनप्रिन्टबाट अक्षरहरु जोडाएर पत्रिका निकालेदेखि सेनाको धम्कीसम्मका विषयलाई स–विस्तार सुनाएका थिए ।
व्यवसायिक पत्रकारिताका एक असल अनुभवी दमकका ७० वर्षीय अग्रज दाहालले २०३२ सालमा एसएलसी पास गरेर सूर्योदय साप्ताहिक पत्रिकाबाट पत्रकारिताको यात्रा सुरु गरेको स्मरण गराएका थिए ।
उक्त पत्रिका भद्रपुर स्थित संगम चोकबाट प्रकाशित हुन्थ्यो । पत्रिकाको व्यवस्थापकबाट संक्षेपीकरण गर्दै तीन वर्षपछि सम्पादक भए । पत्रकारितामा छिरेको पत्तै भएन । त्यसपछि पत्रकारिताबाट बाहिर निस्कन सकिन । विवेचना, सिदार्थ, आलोक लगायतका साप्ताहिक पत्रिकामा निरन्तर काम गरेपछि ०३५ सालमा आफ्नै जनज्योति साप्ताहिक पत्रिका निकाल्न थाले ।
त्यसबेला अहिलेको जस्तो प्रविधिमैत्री थिएन । दुःखले पत्रिका निकाल्नु पथ्र्यो । नेउदाहरणका लागि नेपाली शव्द टाइप गर्न ने, पा, ली शव्द खोजेर जोड्नु पथ्र्यो । एक पटक ‘ङ’ शव्द खोजेर जोड्नु पर्ने ‘ङ’ शव्द नभेर मुस्किल भएको अवस्थामा रहेको तीतो अनुभव स्मरण गराएका थिए ।
गोरखापत्रमा समेत काम गरेका उनले पत्रिका भर्न रासस र रेडियो नेपालको सहयोग लिनु परेको थियो । दुखःसुख गरेर निकालिरहेको थिए । २०६२÷०६३ सालमा पूर्वसन्देश दैनिक पत्रिका सुरु गरेको थिए । पञ्चायती व्यवस्था, राजाको साहीकालमा नेपाली सेनाले तपाईले माओवादीलाई सहयोग गरेको हो भन्दै पत्रिका कार्यालयमा बम पड्काईदिने सम्मको धम्की खेप्नु परेको उनले तीतोअनुभव सुनाए ।
उनको विगतको एउटा रोचक घटना पनि छ । त्यतिखेर विद्युत १८ घण्टा बढीसम्म जाने गथ्र्यो । पत्रिका निकाल्न लाइन नभएपछि विद्युत अफिसमा नै गएर पत्रिका निकालेर छापेको स्मरण गराएका थिए ।
उनका अनुसार पत्रिकामा सत्यतथ्य समाचार निकाले बजार घट्दैन । सत्य कुरा ननिकालेर चाकडीमा लाग्यो भने व्यवसायिक पत्रकारिता गर्न नसकिने उनको जोड थियो ।
पत्रिका बेचेरै परिवार सुखसँग पालेको उनको भनाई छ । अहिले अनलाइन लगायतका प्रविधिले पत्रिका सुस्ताएको छ । मेनपावर कम छन् । बजार छैन् । तर, पत्रिका चलाउन छाडेका पनि छैन् ।
कक्षा–१ देखि १० सम्म नै स्कुलमा फष्ट रहेका तृष्ण बुद्वि भएका दाहालले डिग्री सकेपछि केहि समय शिक्षक पेशा पनि गरेका थिए ।
पत्रकारहरुले राखेका जिज्ञासाहरुको अग्रज दाहालले दिएको जवाफ अहिलेका पुस्ताले शिरोधार्य गरेर अघि बढ्न मद्दत पुग्नेछ ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका सहइन्चार्ज गोपाल काफ्लेले ३२ वर्षदेखि पत्रकारिता गरेका अग्रज दाहालले ३० वर्षदेखि पत्रकारिता गरेका हामी र अहिले २० वर्षको उमेरमा पत्रकारिता गर्दै गरेका युवा पत्रकारहरुलार्य सुनाइएको आफ्ना अनुभव इतिहास हुने बताए ।
उनले ‘अग्रजलाई सुनौँ’ कार्यक्रमले अहिलेका पुस्तालाई प्रेरणा र सार्थक हुने दावी गरेका थिए । ‘अग्रजलाई सुनौँ’ कार्यक्रम यो दोस्रो सेसन हो । यसअघि गत बैशाख १० गते अग्रज पत्रकार शिरो सान्दाईको कुरा सुनेका थियौँ । यो अभियान निरन्तर चलिरहने झापा चौतारीको भनाई छ ।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष राजु पोखरेलले र सहजीकरण सहसचिव तीलक योञ्जनले गरेका थिए ।

बिर्तामोड । बत्तिस सालदेखि पत्रकारिता सुरु गरेका झापाका अग्रज...

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको ऐतिहासिक...

मेचीनगर । राष्ट्रिय फोटो पत्रकार समूह झापा जिल्ला शाखा...

झापा, ९ साउन । धुलाबारी क्याम्पसको प्रमुखमा इन्जिनियर रुद्र...

मेचीनगर । १० वर्षे निरन्तर यात्रापछि खबरमञ्च साप्ताहिकले...

बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित आदर्श स्कुल अफ...