‘कृष्णथुक्की’ मा रथयात्रासहित भब्य रुपमा कृष्ण जन्माष्टमी मनाइने

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल कृष्णथुम्कीमा यस वर्ष बृहत कार्यक्रमको साथ श्री कृष्ण जन्माष्टमी मनाइने भएको छ । रथयात्रा सहित आयोजना हुने सो कार्यक्रम तीन दिन सम्म सञ्चालन हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
हरेक वर्ष एक दिवसीय कार्यक्रम गर्दै आएको कृष्णथुम्की संरक्षण समितिले यस वर्ष कृष्णथुम्कीको प्रचार प्रसार गर्ने उद्देश्यले समाजका बिभिन्न संघ संगठनलाई जोडेर बृहत कार्यक्रम गर्न लागिएको समितिका अध्यक्ष हिम्मत क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार पहिलो दिन साउन ३० गते कार्यक्रम उद्घाटन, बिभिन्न जात जातिको झाँकी, लाखे नाच, तथा सम्मानको कार्यक्रम रहने छ । दोस्रो दिन ३१ गते श्री कृष्ण जन्माष्टमीको भब्य पूजा अर्चना, साँझमा भजन कीर्तन तथा स्थानीय कलाकारहरुबाट सांगीतिक प्रस्तुती रहने छ भने अन्तिम दिन भदौ १ गते बाहुनडाँगी बजारदेखि कृष्णथुम्की सम्म रथयात्रा निकालिने छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्रको दीगो विकासको लागि बन समितिले पनिविधान परिवर्तन गरेर धार्मिक तथा पर्यटन क्षेत्र बन घोषणा गर्न लागेको जानकारी दिए । ‘यो क्षेत्रमा सातवटा थुम्का छ,’ उने भने, ‘हामी धार्मिक तथा पर्यटकीय हिसावले ती सबै क्षेत्रलाई जोडेर बृहत पर्यटकीय क्षेत्र बनाउने तयारीमा छौं ।’ उनले श्री कृष्ण जन्माष्टमीको कार्यक्रमलाई सफल सम्पूर्ण धर्मावलम्बीहरुलाई सहभागिताको लागि आग्रह समेत गरे ।
सोही अवसरमा कृष्ण थुम्की परिसरमा स्थापित बौध गुम्बामा मूत्र्ति प्रण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । समितिले तीन दिवसीय कार्यक्रमलाई सफल बनाउँन बिभिन्न उपसमिति गठन गर्ने तयारी समेत गरेको छ ।
पत्रकार सम्मेलनमा मेचीनगर – १ का वडाध्यक्ष रामकुमार राईले एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र कृष्ण थुम्कीको प्रचार प्रचार प्रसार र यसको विकासमा अझ सक्रिय हुनु पर्ने बताए । उनले कृष्ण जन्माष्टिमीलाई भब्यरुपमा मनाउन सबै क्षेत्रको सहयोग र सहभागिताको लागि आग्रह समेत गरे ।
कर्यक्रममा शिक्षा सेवी हेमराज कार्कीले कृष्ण थुम्की मेचीनगरको गौरव भएको बताउँदै यसको दीगो विकास र संरक्षणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको धारणा राखे । ‘हरेक वर्ष हजारौं भक्तजनका साथ यहाँ कृष्ण जन्म अष्टमी मनाइँदै आएको छ,’ कार्कीले भने, ‘यसपटक अझ बृहत बनाउने सोच बन्यो, रथ याता सहित कार्यक्रम गर्दा यसको गरिमा र महत्व बढ्छ, त्यसैले अन्तिम दिन बृहत रथयात्रा निकाल्ने तयारीमा छौं ।’ उनले बृहत रथयात्रामा सहभागिताको लागी आग्रह समेत गरे ।
बाहुनडाँगी जेसीजले ल्याएको प्रस्तावलाई समितिले कार्यान्वयन गर्दै रथ यात्रा निकाल्न लागेको उनको भनाइ थियो ।
कार्यक्रममा समितिका पूर्व अध्यक्ष महेन्द्र मल्ल, साकेला थान संरक्षण समितिका अध्यक्ष खड्ग राई लगायतले बोलेका थिए ।
कार्यक्रमको सहजीकरण समितिका सचिव डिकेन्द्र थापाले गरेका थिए । उनले यायोख्खा पदमार्ग, आले झरना तथा बौध गुम्बाले यस क्षेत्रको विकासमा थप टेवा पुग्ने बताए ।
यो क्षेत्र दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ । यहाँका छवटै थुम्कीबाट नेपाल र भारतको टाढासम्मको भूभाग अवलोकन गर्न सकिन्छ । द्वापर युगमा श्रीकृष्णले चराएको गाईको खुरको दर्शन र दृश्यावलोकन गर्न नेपाल र भारतका पर्यटक आउने गरेको समितिका अध्यक्ष क्षेत्रीले बताए ।
झापाको काँकडभिट्टाबाट इलामको सलकपुर र श्रीअन्तु जोड्ने सडक स्तरोन्नति गर्ने कार्य धमाधम भइरहेको र दक्षिणतिरबाट सडक कालोपत्र भइरहेको हुँदा आगामी दिनमा कृष्णथुम्कीसम्म पुग्नका लागि पर्यटकलाई सहज हुने क्षेत्रीले बताए ।
पूर्वपश्चिम राजमार्गलाई चार लेनको एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको र बाहुनडाँगीमा मदन भण्डारी राजमार्गको प्रस्थानबिन्दु रहेका कारण बाहुनडाँगी क्षेत्रका कृष्णथुम्कीलगायत ऐतिहासिक धार्मिक क्षेत्रको पर्यटन प्रवरद्धनमा सघाउ पुग्ने सम्भावना छ ।

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको ऐतिहासिक...

मेचीनगर । राष्ट्रिय फोटो पत्रकार समूह झापा जिल्ला शाखा...

झापा, ९ साउन । धुलाबारी क्याम्पसको प्रमुखमा इन्जिनियर रुद्र...

मेचीनगर । १० वर्षे निरन्तर यात्रापछि खबरमञ्च साप्ताहिकले...

बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित आदर्श स्कुल अफ...

काँकरभिट्टा । काँकरभिट्टाबाट छोटो दूरीमा सञ्चालन हुने इभी...