राष्ट्रिय फोटो पत्रकार समूह झापाको अध्यक्षमा बिमली

मेचीनगर । राष्ट्रिय फोटो पत्रकार समूह झापा जिल्ला शाखा झापाको अध्यक्षमा नेत्र विक्रम बिमली चयन भएका छन्। समितिको उपाध्यक्षमा सन्तोष न्यौपाने, सचिवमा भरत प्रसाई र कोषाध्यक्षमा कवि गुरागाई चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा चन्द्र बस्नेत, देव बास्कोटा र हेमन्त मैनाली रहेका छन्।
समितिलाई सशक्त बनाउँदै सुझाव तथा मार्गदर्शन प्रदान गर्न सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिको संयोजकमा नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति मोहन काजी न्यौपाने रहेका छन् भने सदस्यहरूमा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बालबालिका तथा शिक्षा मञ्च झापाका संयोजक सरोज पौडेल र पत्रकार उद्धव पुरी रहेका छन् ।
नवगठित समितिले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि केन्द्रीय समितिसँग समन्वय गर्दै तालिम तथा फोटो पत्रकारिता सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख,...

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको...

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...