रोटरी क्लव अफ मेचीनगर : ३५० भन्दा बढी वृक्षारोपण
मेचीनगर । रोटरी क्लव अफ मेचीनगरले ३५० भन्दा बढी विरुवा रोपेको छ । क्लवले आज मेचीनगर–१० स्थित पर्यटकीय स्थल निन्दा करिडरमा मेचीनगर–१० स्थित पर्यटकीय स्थल निन्दा करिडरमा फूल फुल्ने प्रजातिका विरुवा रोपेको हो ।
क्लवले आज निन्दा करिडाेर ५० वटा रातो सिरिस, जाकारान्दा लगायतका विरुवा घेराबेरासहित रोपेको हो । क्लवले मेचीनगर क्षेत्रमा फूल फुल्ने प्रजातिका ३०० भन्दा बढी विरुवा रोपिएको रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले जानकारी दिइन् । रातो सिरिस, जाकारान्दा लगायतका ५० वटा विरुवा घेराबेरासहिथ रोपिएको र अन्य खाली स्थानमा २५० भन्दा बढी विरुवा रोपिएको क्लवकी अध्यक्ष पाठकले बताइन् ।
वातावरण संरक्षण गरेर भावी पुस्तालाई साझा बासस्थानको रुपमा रहेको स्वच्छ पृथ्वी हस्तान्तरण गर्नु अहिलेको पुस्ताको कर्तव्य भएको अध्यक्ष पाठकले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगरका प्रमुख प्रशाासकीय अधिकृत अग्नि प्रसाद अधिकारीेले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरिएको थियो । वृक्षारोपण कार्यक्रममा मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाइ, नन्दा कोरीडोरका संरक्षक धर्मेन्द्र खड्का, मेचीनगर प्रशासन प्रमुख अन्नत वस्ती लगायतको उपस्थिति थियो ।

आजै रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ले आज देशभर ५० हजार वटा वृक्षारोपण गरेको छ । नेपालमा रोटरी इन्टरनेसनलका १६० भन्दा बढी क्लव रहेका छन् । भूटानमा एउटा क्लव रहेको छ । नेपाल र भूटानमा रहेका सबै क्लव रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ अन्तर्गत रहन्छन् ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...