खबरमञ्चको अभियान : इभी नेपाल पहिलो वार्षिक ग्राहक
मेचीनगर । १० वर्षे निरन्तर यात्रापछि खबरमञ्च साप्ताहिकले वार्षिक ग्राहक योजना सुरु गरिएको छ। आज मेचीनगर–६, काँकरभिट्टाबाट औपचारिक रूपमा अभियान सूरू गरेकाे हाे ।
इभी नेपाल यातायात प्रालिका अध्यक्ष सन्तोष आचार्यमार्फत खबरमञ्चको सदस्यता लिइएपछि कार्यक्रमको औपचारिक सुरुवात भएको हो । इभी नेपाल यातायात प्रालि खबरमञ्च साप्ताहिककाे पहिलाे वार्षिक ग्राहक बनेकाे छ ।
कार्यक्रममा प्रेस क्लब मेचीनगरका सचिव प्रबिन अधिकारीले खबरमञ्चको सकारात्मक पत्रकारिताको प्रशंसा गर्दै यो अभियानमा साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खबरमञ्च साप्ताहिक तपाईंहरूकै साथ, सुझाव र विश्वासमा यहाँसम्म आइपुगेको सम्पादक प्रकाश पौडेलले बताए । अब वार्षिक ग्राहक अभियानलाई सफल बनाउन सबैकाे साथ र समर्थनको अपेक्षा गरेका उनले बताए ।
५०० रूपैयाँमा १ वर्षकाे ग्राहक बन्न सकिने सम्पादक पौडेलले बताए ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...