भौतिक पूर्वाधारसहित कृषि र शिक्षा मेचीनगर–१४ लाई समृद बनाउने इच्छा
मेचीनगर । विगत ७ वर्षदेखि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा मेचीनगर १४ ले फड्को मार्दै गएको छ । देश संघीय लोकतन्त्रमा गएपछि पछिल्लो समय विकासले गति लिन थालेको हो । स्थानीय तहमा जनप्रतिनिधिहरुले बागडोर सम्हालेसँगै आफ्नो क्षेत्रको विकासमा उनीहरुको सक्रिय सहभागिता रहँदै आएको छ । ‘हामी निर्वाचित भएर आएसँगै भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रमा तीब्र गतिमा काम गरिरहेको छौं, ’ वडाध्यक्ष बाबुलाल सुब्बाले भने,‘ विकासको हिसावले पूर्वाधार विकासमा कालोपत्रे सडक तथा पुल पुलेसा, स्वास्थ्य चौकी लगायत थुपै्र क्षेत्रमा काम गरेको छौं ।’ यस वडामा प्रदेश सरकारको १ करोड २९ लाखको लागतमा बहुवर्षे योजना अन्तर्गत हँडिया खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ भने १ करोडको लागतमा पुष्पलाल मार्गमा पूर्वपश्चिम राजमार्गबाट मेची ग्याँस सम्म ७ सय मिटर कालोपत्रे सडक निर्माणकार्य पुरा भएको छ ।
त्यसैगरी प्रदेश सरकारको ५० लाखको लागतमा गाविस मार्गमा प्लम सहित कालोपत्रे सडक निर्माणकार्य सम्पन्न गरिएको छ । संघीय र प्रदेशबाट समेत राम्रै बजेट भित्राउन सफल यस वडाले सहिद मार्ग अन्तर्गत मिलडाँडा जाने सडक २५ लाखमा स्तरउन्न्ती गरेको छ । यस वडामा खोला तड्बन्धनमा समेत ठूलो लगानी भएको देखिन्छ । वडाले प्रदेश र संघको बजेटबाट हँडिया खोलामा १ करोडको लागतमा नदी तड्बन्धन गरेको छ ।

त्यसैगरी फुलवासा खोलामा बहुवर्षे योजना अन्र्तगत ७ करोडको लागतमा पुल निर्माण भइरहेको छ । भने सोपुल अन्तिम चरणम पुगेको र असार सम्ममा निर्माणकार्य सम्पन्न हुने वडाध्यक्ष सुब्बाले जानकारी दिए । त्यसैगरी बहुवर्षे योजना अनुसार प्रदेश सरकारको १ करोडको लागतमा ढुकुरे खोलामा पूल निर्माण भइरहेको वडाले जनाएको छ ।
सहिद मार्गबाट पुहाँतुबारी मावि जोड्ने फुलवासा खोलामा ५ करोडको लागतमा पुल निर्माण भइरहेको र ८० प्रतिशत काम सम्पन्न भएको वडाध्यक्ष सुब्बाको भनाइ छ ।
उता सुवोधनी मावि पछाडिको भागमा ३२ लाख ५० हजारको लागतमा करिव ६ सय मिटर लामो डूेन निमाण गरिएको छ । यस वडाले स्वास्थ्यको क्षेत्रमा समेत त्यतिकै लगानी बढाएको देखिन्छ । आफ्नै वडामा भरपर्दाे स्वास्थ्य सेवा दिने उद्देश्यले संघीय सरकारको बजेटबाट ७९ लाखको लागतमा दुई तले चारकोठे स्वास्थ्य चौकी भवन निर्माणकार्य अघि बढेको छ । त्यसैगरी ६५ लाखको लागतमा स्वास्थ्यसँग जोडिएको खेल विद्या तेकवान्दो कवडहल निर्माण सम्पन्न भएको छ ।
शिक्षा तर्फ छुट्टै पहिचान स्थापित गर्न सफल यस वडाले नगरकै नमूना विद्यालय बालसुवोधनी माविमा अध्यनरत साना–साना नानीहरुलाई विद्यालय जान सहजता होस भन्ने उद्देश्यले २६ लाख ५० हजारको लागतमा भ्यान खरिद गरेर विद्यालयलाई प्रदान गरेको छ ।

व्यवसायिक कृषिमा वाडावासीलाई आत्मनिर्भर बनाउन बहुवर्षे योजना अन्र्तगत वडाले प्रदेश सरकारको ६० लाखको लागतमा एकसय विगाह जमिन सिञ्चित हुनेगरी डिप बोरिङ निर्माण गरेको छ भने बिभिन्न टोलमा थप १६ वटा डिप बोरिङ विस्तार गरिएको वडा सचिव यशु लिम्बूले बताए । उज्याले वडाको रुपमा विकास गरिएको यस वडामा सबै क्षेत्रमा विजुली पुर्याइएको छ भने सडक बत्तीको समेत प्रवन्ध गरिएको उनको भनाइ छ । यस वडामा पूर्व वडाध्यक्ष शंकर पोख्रेलको कार्यकालमै केही विकासको खाका कोरिएको थियो । वडामा होल्डिङ सन्टर निर्माणदेखि सहिद मार्ग र जानकी मार्गमा कालोपत्रे अभियान सुरु भएको थियो । ‘हामीले उहाँका योजनालाई समेत आत्मसाथ गरेर अघि बढ्यौं,’ वडाध्यक्ष सुब्बाले भने, ‘आगामी दिनमा छुटेका र अधुरा कामले पूर्णता पाउने छ ।’ आर्थिक बर्ष २०८२/०८३ लागि नेपाल सरकार, कोशी प्रदेश सरकार मेचीनगर नगरपालिका गरी १५ करोड हराहारीमा मेचीनगर १४ मा बजेट विनियोजन भएको वडाध्यक्ष सुब्बाले बताए ।
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
