मेचीनगर गोल्डकपको आयव्यय सार्वजनिक : साढे २४ लाख बचत

काँकरभिट्टा । मेचीनगर गोल्डकप सञ्चालन गर्दा साढे २४ लाख रकम बचत भएको छ । गोल्डकपको आयव्यय सार्वजनिक गर्न सोमवार आयोजित पत्रकार सम्मेलनमा गोल्डकप आयोजक समितिका उपाध्यक्ष तथा आर्थिक समितिका संयोजक विमल आचार्यले २४ लाख ६१ हजार ४१५ रुपैयाँ बचत भएको बताए।
आयव्यय सार्वजनिक गर्दै आचार्यले गोल्डकपमा एक करोड १५ लाख २९ हजार २०१ रुपैयाँ संकलन भएको र ९० लाख ६७ हजार ७८६ रुपैयाँ खर्च भएको बताए । उनका अनुसार २५ लाख रुपैयाँ मेचीनगर नगरपालिकाका तर्फबाट र तीन लाख रुपैयाँ कोशी प्रदेश सरकारका तर्फबाट गोल्डकपलाई उपलब्ध भएको थियो ।
गोल्डकप मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै संयोजक मैनालीले सबैको सहयोगबाट गोल्डकप भब्य रुपमा सम्पन्न भएको तर प्राविधिक कारणले हिसाब सार्वजनिक गर्न केही ढिला भएको बताए। मेचीनगर गोल्डकप संस्था नै दर्ता गरेर गोल्डकपलाई निरन्तरता दिने तर्फ छलफल भइरहेको समेत संयोजक मैनालीले बताए।
गोल्डकपको आयोजनाले मेचीनगर क्षेत्रको आर्थिक गतिविधि चलायमान भएको गोल्डकप आयोजक समितिका कोषाध्यक्ष गंगालाल गुरुङले पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा बोल्दै काकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले गोल्डकपलाई स्थानीय समुदायले आफ्नो काम भनेर सहयोग गरेकाले नै सफल भएको बताएका थिए ।
त्यस्तै समितिकी सदस्य सुभद्रा भट्टराईले गोल्डकपको निरन्तरताका लागि सबैले योगदान गर्नु पर्ने बताइन् । काँकरभिट्टामा सम्पन्न पत्रकार सम्मेलन गोल्डकप आयोजक समितिका सचिव राजु कार्कीको सञ्चालन गरेका थिए। मेचीनगर गोल्डकप २०८१ फागुन २४ गतेदेखि चैत २ गतेसम्म सञ्चालन भएको थियो ।

काँकरभिट्टा । मेचीनगर गोल्डकप सञ्चालन गर्दा साढे २४...

झापा । कोशी प्रदेशका पालिकाहरुमा बढुवा भएका कर्मचारीहरु...

झापा । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४...

मेचीनगर । नेपालका पूर्वी जिल्लाहरुमा भारतीय नम्बर प्लेट...

बिर्तामोड । व्यक्ति मरेर जान्छ, तर उसको विचार...

काँकरभिट्टा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...