‘दिपेश तिवारी’ले सञ्चालनमा ल्याए आधुनिक सैलुन
मेचीनगर । सीप सिकेर उद्यमी बनेका मेचीनगर–७ का दिपेश तिवारीले नगरपालिका गेट नजिकै आधुनिक सैलुन सञ्चालनमा ल्याएका छन् । मेचीनगर नगरपालिकाले सञ्चालन गरेको उद्यमशीलता र सीप विकास तालिममा सीप सिकेर तिवारी र सुनिलसिल शर्मा आजदेखि सैलुन व्यवसाय सुरु गरेका हुन् ।
उनीहरुले सञ्चालन गरेको लगनशीलता सैलुनको रिविन काटेर उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
नगरप्रमुख बुढाथोकीले सीप सिकेर उद्यमी बन्न चाहानेलाई नगरपालिकाले तालिम, आर्थिक र प्राविधिक सहयोग गर्ने बताए । नगरप्रमुख बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले कपाल काटेर सैलुनको सुरुवात गरेका थिए । सैलुनका सञ्चालकहरुलाई पनि नगरपालिकाले आधुनिक प्रविधिको दुईवटा कुर्सी उपलब्ध गराएको छ ।
नगरपालिकाले सञ्चालन गरेको उद्यमशीलता र सीप विकास तालिममा सहभागी भएर सीप सिकेर आत्मनिर्भर बन्ने उदेश्यले सैलुन सञ्चालन गरिएको सञ्चालक तिवारीले बताए ।
उद्घाटन कार्यक्रमको सहजीकरण नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले गरेका थिए ।
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...
मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...


