इष्ट होराइजन : एसईईमा उतीर्ण विद्यार्थीहरुलाई शुभकामना

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट होराइजन अंग्रेजी माविले सोमबार एक औपचारिक कार्यक्रम आयोजना गरेर शैक्षिक सत्र २०८१ को एसईईमा उतीर्ण विद्यार्थीहरुलाई शुभकामना प्रदान गरेको छ ।
एुसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई शुभकामना तथा उच्च शिक्षाको लागि हौसला प्रदान गर्न, मेचीनगर नगर शिक्षा शाखा प्रमुख, विद्यालयका शिक्षक, एवम् यसै विद्यालयबाट प्लस टु सकेर उच्च शिक्षाको लागि अन्यत्र पुगेका विद्यार्थी समेत सहभागि थिए ।
सो विद्यालयबाट प्लस टु सकेर उच्च शिक्षाकोलागि हालै मात्र विद्यालयबाट बाहिरिएका प्रवेश दाहालले मञ्चमा उक्लिएर आफ्नो अनुभव प्रस्तुत गर्दा सहभागिहरु निक्कै उत्साहित बने । दाहालले आफ्नो विगतलाई कोट्याए, उनले भने ‘म इष्ट होराइजन आउँदा निक्कै कमजोर थिएँ । बोल्ने कला थिएन, अतिरिक्त क्रियाकलापमा समेत मेरो खासै रुची थिएन तर सरहरुको हौसला र प्रेरणाबाट म हरेक क्षेत्रमा सफल हुँदैछु ।’ खुसी हुँदै उनले भने, ‘यो सब इष्ट होराइजनको देन हो ।’ भाषण कलामा समेत निक्कै अभ्यस्त देखिएका दाहालले भने, ‘प्लस टुको अध्यय यहीँ गर्नुहोस् तपाईहरुलाई कुनै गुनासो हुने छैन । पढाइ त अन्तपनि हुन्छ तर यहाँ पढाइसँगै जीवन जिउने कला सिकाइन्छ ।’
अर्का पूर्व विद्यार्थी उत्सव पौडेलको भाषण कलाले पनि सहभागिहरुलाई छोयो, पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा विद्यालयले खेलेको भूमिकाको उनले खुलेर चर्चा गरे, उनले भने, ‘म मञ्चमा उभिएर शिक्षकलाई खुसी पार्न रेडिमेट कुरा गरिरहेको छुइन । यस विद्यालयले हरेक विद्यार्थीलाई पढाइसँगै जीवन जिउने कला सिकाउँछ । व्यवहारिक ज्ञान, सीप र संस्कार सिकाउँछ । अनि जीवन भएन त सफल ।’ उनले म्यानेजमेन्ट तथा होटल म्यानेजमेन्ट अध्ययनको लागि अन्यत्र नजान समेत सुझाए ।
कार्यक्रममा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले इष्ट होराइजनले शैक्षिक क्षेत्रमा प्राप्त गरेको सफलतामा खुसी हुँदै आगामी दिनमा थप सफलताको निम्ति शुभकामना दिए । उनले विद्यार्थीलाई आकर्षित गर्न विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै अतिरिक्त क्रियाकलाप, सीपमूलक शिक्षा, व्यवहारिक ज्ञान, संस्कार लगायतमा ध्यान दिनुपर्ने बताए ।
विद्यालयका प्रिन्सिपल सञ्जीव राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल राईले इष्ट होराइजनले मेचीनगरमा मात्र नभएर जिल्लामै प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा पहिचान बनाउन सफल भएको बताए । हरेक वर्षको सफलतालाई कायम राख्दै शैक्षिक सत्र २०८१ मा पनि विद्यालयले सत प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको उनले बताए । विद्यालयले विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि, व्यवहारिक तथा सीप मुलक शिक्षा, संस्कार सहित बिभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको उनको भनाइ थियो । सो अवसरमा विद्यालयका शिक्षक तुलसीराम घिमिरेले हरेक सफलताको लागि मेहनत , प्रतिवद्धता र आत्मविश्वास हुन जरुरी रहेको बताए ।
विद्यालयले शैक्षिक सत्र २०८१ एक जना छात्राले सफल छात्रा अन्वेषाले ४ जीपीए, ३५ जनाले ए प्लस, ४८ जनाले ए, २२ जनाले बि प्लस र २ जनाले बि ल्याएर सत प्रतिशत उत्तीर्ण गर्न सफल भएको छ । विद्यालबाट एसईईमा १०७ जना विद्यार्थी नै सहभागि थिए । विद्यालयले उत्तीर्ण विद्यार्थीहरुलाई टिका लागाएर मायाको चिनो समेत प्रदान गरेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक एवम् संचारकर्मी विकास ग्वालले गरेका थिए ।

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...