मेचीनगरको बजेट एक अर्ब ८२ करोड
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट प्रस्तुत गरेकी छिन्।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा सञ्चालन भएको नगरसभामा उपप्रमुख उप्रेतीले प्रस्तुत गरेकी बजेटमा नगरस्तरीय योजना तर्फ ५७ करोड ९७ लाख ५२ हजार ५४० रुपैयाँ बिनियोजन गरिएको छ भने वडा स्तरीय योजनाका लागि १६ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।
त्यसैगरी संघबाट बित्तिय हस्तान्तरण मार्फत बिषयगत सशर्त अनुदान तर्फ ८४ करोड ९५ लाख, प्रदेशबाट बित्तिय हस्तान्तरण मार्फत बिषयगत सशर्त अनुदान तर्फ दुई करोड ६४ लाख ८२ हजार रहेको छ भने ऋणको सावा व्याज भुक्तानीका लागि २५ लाख र समपुरक कोषमा ६ करोड रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै अघिल्लो बर्षबाट अल्या गरिएको रकम १३ करोड ७४ लाख ५१ हजार ८९९ रुपैया ३७ पैसा रहेको छ ।
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
