बिर्तामोडकी अनुजाले ल्याइन् ‘गुन्यु चोली पटुकी’

झापा । दान बहादुर कार्कीको शब्द तथा रचनामा रहेको ‘गुन्यु चोली पटुकी’ गीत शुक्रवार सार्वजनिक भएको छ । गजब टिभी युट्युव च्यानलमार्फत उक्त बोलको भिडियो सार्वजनिक भएको हो ।
किरण थापाले निर्देशन गरेको उक्त गीतमा अनुजा कडरियाको स्वर रहेको छ । झापा बिर्तामोड निवासी अनुजा सानैदेखि गायन क्षेत्रमा सक्रिय छिन् । निधी मावि विर्तामोडमा कक्षा ८ मा अध्ययन गरिरहेकी अनुजाले यसअघि तीनवटा भजन, तथा अन्य गीतहरुमा समेत स्वर दिएकी उनका बुवा कुमार कडरियाले बताए । गायनमा रुची राख्ने अनुजा भ्वाइस अफ नेपालकी फाइनालिस्ट समेत हुन् ।
‘गुन्यु चोली पटुकी’ गीतमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । भिडियोमा आन्भी ओलीको कुशल अभिनय देख्न सकिन्छ । उनी कलाकार सरोज ओलीकी छोरी हुन् । यस भिडियोमार्फत गुन्यु, चोली र पटुकीको महत्वलाई दर्शाउन खोजिएको छ ।

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख,...

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको...

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...