शिविरमा दुईसयबढीले सेवा लिए
चारआली । हातेमालो सामुदायिक वन उपभोक्ता समुहले आयोजना गतेको एकदिने निस्शुल्क स्वास्थ्य शिविरमा दुईसयबढीले सेवा लिएका छन् । सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत वनको आयोजना तथा पुर्वान्चल मनमोहन अस्पतालको डाक्टर र प्राबिधिक सहयोगमा निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा नशा तथा हाडजोर्नी, स्त्रीरोग, मुटु तथा सुगर प्रेसरको लगायतका रोग विशेषज्ञ डाक्टरले चेकजाँच गरेका थिए । चेकजाँचपछि जटिल रोगका लागि मनमोहन अस्पताल रेफर गरिएको सहभागी डाक्टरले बताए ।

वनका ३ हजारबढी उपभोक्तालाई सुसूचित गरेपनी एक सय पचासबढी सर्वसाधारण सेवा लिइएका थिए । शिविरअघि समुहका अध्यक्ष चन्द्र सिग्देलको अध्यक्षक्षता तथा मेचीनगर वडा-१३ का अध्यक्ष कृष्णराज सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा मेचीनगर वडा-१३ का अध्यक्ष कृष्णराज सिग्देल, वनका सुधीरकुमार शिवाकोटी र अस्पताल ब्यवस्थापन समितिका कोषाध्यक्ष बुद्धिमान भट्टराईले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन यमकान्त प्याकुरेलले गरेका थिए।

मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
