पिडकलाई नियन्त्रणमा नलिए आन्दोलन गर्ने चेतावनी

चारआली । ट्रिपर दुर्घटनापछि पिडक पक्षलाई प्रहरीले उपस्थिति गराउन नसकेको भन्दै सवारी दुर्घटना सहयोग तथा समन्वय समिति मेचीनगर-१३ ले चरणबद्द आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
१७ दिनअघिको घटनाका पिडक ट्रिपर सञ्चालक पक्षलाई हालसम्म प्रहरीले छ्लफलमा सहभागी गराउन नसकेको भन्दै समितिले प्रशासनको स्पष्ट जवाफ नआए चरणबद्द आन्दोलन गर्ने बुधबार पत्रकार भेटघाटमा बताएका हुन् ।
गत जेठ ४ झापाको मेचीनगर-१४ दुहागढीमोडमा मोटरसाइकलमा सवार दम्पती मानप्रसाद लिम्बू र टीकाकुमारी लिम्बूलाई स.१ क १८१ नम्बरको ट्रिपरले पछाडीबाट ठक्कर दिएको थियो ।
ट्रिपरले ठक्करबाट मानबहादुरको कम्मरमुनिको भागमा चोटपुग्दा अण्डकोष निस्किएको थियो भने टीकाकुमारीको दुबै खुट्टाको घुँडामुनि चक्का कुदेकोले दुबै खुट्टा काटिएको छ । हालसम्म बिएण्डसी अस्पतालमा उपचारको क्रममा रहेका मानबहादुर र टीकाकुमारीको ३० लाख बढी खर्च आएको समितिका संयोजक लालबहादुर थेवेले पत्रकारसमक्ष जानकारी दिए । ट्रिपर सञ्चालक विकास निर्माण सेवा प्रालीका प्रोपाइटर मन्टुन भनिने नन्दकिशोर शाह फरार रहेको र पटकपटक प्रहरीलाई जाहेरी दिँदासमेत आलटाल गरेर संयोजक थेवेले जानकारी दिए ।
आज हामीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मा पिडकलाई नियन्त्रणमा लिएर पीडितको औषधि उपचार खर्च जुटाउन भन्दै ज्ञापन पत्र बुझाएर आएका छौं, संयोजक थेवेले भने,‘प्रहरीले प्रशासनले फरार भएका ट्रिपर साहु शाहलाई अबिलम्ब उपस्थिति गराई घाइतेको औषधि उपचार खर्च वहन गराउन आग्रह गरेका छौं । उक्त आग्रहलाई पनि प्रहरी प्रशासनिक क्षेत्रबाट सहयोग नगरे चरणबद्द सडक आन्दोलन गर्नेछौ ।
लिम्बू दम्पतीका एक छोरी र दुई छोरा छ्न् । दुबै अभिभावक हस्पिटलमा उपचारर्थ हुँदा बिक्षिप्त बनेका छन् । हालसम्म करिव १० बढी रकम समितिले जुटाउँदै आएको छ । अस्पतालले केहिदिनमा खर्च डिपोजिट गर्न भनेको समितिका फुर्वा लामाले बताए ।
पत्रकार सम्मेलनमा अर्जुन थेवे, सामुहाङ लिम्बु, नरेन्द्र धिमाल, सोनाम तामाङ र निरु परियार लगायतले प्रहरीले सवारीधनीलाई उपस्थिति गराउनुपर्ने, उपचारको सम्पुर्ण खर्चको जवाफदेही प्रहरीले लिनुपर्ने चुनौतीसमेत दिएका थिए ।

मेचीनगर । ५२ औँ विश्व वातावरण दिवसको अवसरमा...

चारआली । ट्रिपर दुर्घटनापछि पिडक पक्षलाई प्रहरीले उपस्थिति...

बिर्तामोड । कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा...

गौरादह । गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपनि सुवेदीले...