एसियन हाइवे : काँकरभिट्टाको कालीखोलामा खुल्यो राजमार्ग
काँकरभिट्टा । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध राजमार्गमा यातायात चल्न थालेको छ । निर्माणाधीन पुलको एक छेउबाट गाडी सञ्चालन हुने गरि अस्थाई रुपमा डाइभर्सन बनाइएको हो ।
एसियन हाइवेको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ई। सुनिलबाबु पन्तले केहीबेर अघिदेखि निर्माणाधीन पुलको एक छेउबाट गाडी सञ्चालन हुने अवस्था बनाइएको बताए ।
आज विहान उक्त पुलको डाइभर्सन बाढीको भेलले बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो भने सवारीका साधनहरु रमाइलो गाउँको बैकल्पिक मार्गबाट सञ्चालन गरिएको थियो ।

धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...
मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...


