काली खोलामा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध
काँकरभिट्टा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ । एसियन राजमार्ग निर्माण गर्न बनाइएका विभिन्न ठाउँका डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको हो ।
काँकरभिट्टाको काली खोलामा बाटो बगाउँदा त्यहाँ पूर्णरुपमा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए । बिहान ९ बजेपछि बैकल्पिक मार्गबाट यातायात सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, धुलाबारीनजिक कल्भर्टमा पनि समस्या भएको छ ।
त्यहाँ जेसीबीले माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको छ । त्यस्तै बुट्टाबारी-चारआली सडकखण्डमा पनि डाइभर्सन बगाएको जनाइएको छ ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...