बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला झापा, के-के परे योजना ?

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याएको बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा नयाँ रंगशाला निर्माणदेखि विमानस्थल विस्तारसम्मका योजना समेटिएका छन् ।
बजेटले झापाको भद्रपुर विमानस्थललाई सम्बोधन गरेको छ । भद्रपुर विमानस्थल विस्तारका लागि बजेट छुट्याइएको छ । बजेटमा दमकमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रङ्गशाला निर्माण गर्ने भनिएको छ । यो रंगशाला निर्माणस्थल प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्छ ।बजेटमा पूर्वपश्चिम राजमार्गको झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म विस्तारलाई सम्बोधन गरेको छ ।
पूर्वपश्चिम रेलमार्ग निर्माणबाट भने सरकार पछि हटेको छ । काँकडभिट्टा–इनरुवासम्मको खण्डमा रोक्का राखिएको जग्गा भने फुकुवा भएको छ । झापाको केचना–पाथीभरासम्म पदमार्गले पनि बजेटमा प्राथमिकता पाएको छ । झापामा पेट्रोलिम पाइपलाइन निर्माण पनि बजेटमा समेटिएको छ ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...