बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला झापा, के-के परे योजना ?
झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याएको बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा नयाँ रंगशाला निर्माणदेखि विमानस्थल विस्तारसम्मका योजना समेटिएका छन् ।
बजेटले झापाको भद्रपुर विमानस्थललाई सम्बोधन गरेको छ । भद्रपुर विमानस्थल विस्तारका लागि बजेट छुट्याइएको छ । बजेटमा दमकमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रङ्गशाला निर्माण गर्ने भनिएको छ । यो रंगशाला निर्माणस्थल प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्छ ।बजेटमा पूर्वपश्चिम राजमार्गको झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म विस्तारलाई सम्बोधन गरेको छ ।
पूर्वपश्चिम रेलमार्ग निर्माणबाट भने सरकार पछि हटेको छ । काँकडभिट्टा–इनरुवासम्मको खण्डमा रोक्का राखिएको जग्गा भने फुकुवा भएको छ । झापाको केचना–पाथीभरासम्म पदमार्गले पनि बजेटमा प्राथमिकता पाएको छ । झापामा पेट्रोलिम पाइपलाइन निर्माण पनि बजेटमा समेटिएको छ ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...