बुद्धशान्तिका सबै पत्रकारको दुर्घटना बीमा

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर पत्रकारीता गरिरहने सकृय पत्रकार तथा सञ्चारकर्मीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ ।
प्रेस क्लबले २० जना पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको हो । प्रेस क्लबको बार्षिक कार्यक्रम अनुसार हरेक बर्ष नविकरण हुनेगरी २० जनाको २० लाख बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सनाले बताएका छन् । उनले पत्रकारको भौतिक सुरक्षा साथै सम्भावित जोखिमलाई थोरै भएपनि न्युनीकरण गर्न दुर्घटना बीमाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
ग्रामिण क्षेत्रमा पत्रकारीता गर्ने पत्रकारहरुको पेशागत र भौतिक सुरक्षामा प्रेस क्लब गम्भीर रहेको बताउँदै प्रेस क्लबका उपाध्यक्ष नारायण अर्यालले पत्रकारको दुर्घटना बीमा अपरिहार्य रहेको बताए ।
बीमाका लागि सेवाप्रदायक बिभिन्न कम्पनीहरुसंग प्रस्ताव माग गरिएकोमा नेपाल माइक्रो इन्स्योरेन्सलाई छनोट गरी सोहीमार्फत बीमा सम्झौता गरिएको क्लबका सचिव रोशन भट्टराईले बताएका छन् । बीमा कम्पनीका बिर्तामोड शाखा प्रमुख दिपक काफ्ले र प्रेस क्लबका अध्यक्ष तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्ष्र गरी सम्झौता गरेसंगै बीमा समेत लागू भएको छ ।

झापा । नेकपा एकीकृत समाजबादीको झापा अध्यक्ष वीपी...

काँकरभिट्टा । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध...

काँकरभिट्टा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग...

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का...

मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित...

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास...

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर...

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित...