केर्खा पब्लिक स्कुलकी छात्राहरूको जिल्ला स्तरमा चम्किलो प्रदर्शन
झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित केर्खा पब्लिक बोर्डिङ स्कुल टेबल टेनिस खेलमा जिल्ला प्रथम भइ प्रदेशस्तरीय प्रतियोगिताका लागि चयन भएको छ ।
झापा सुरुङ्गास्थित हरिकुल माविमा सम्पन्न जिल्ला स्तरीय छनोट खेलमा जिल्ला प्रथम केर्खा पब्लिक बोर्डिङ स्कुलकी छात्रा अनन्या कार्की, दोस्रो एरा एभरग्रिन बुद्धशान्ति कि छात्रा ससा मैनाली र तृतीय केर्खा पब्लिक कै छात्रा डेनिसा तामाङ भई प्रदेश स्तरीय खेलको लागि छनौंट भएका हुन।
अण्डर–१४ छात्रातर्फ छनोट भएका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरूले प्रदेशस्तरीय टेबल टेनिस प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रदेश स्तरीय टेबल टेनिस प्रतियोगिता आगामी जेठ १९ गते इटहरीमा हुने जानकारी केर्खा पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमले दिएका छन् ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

