कालिका सिमसार लागूऔषधको अखडा : ४३ जना पक्राउ
मेचीनगर । झापामा लागूऔषधको कारोबार यति धेरै भयावह बनेको छ कि मेचीनगरको कालिका सिमसारमा लागूऔषध खरिद बिक्री गर्नेहरुको हिजो मेला नै लाग्यो । लागूऔषधको कारोबार गर्नेहरुको भीड लागेपछि प्रहरीले ४३ जनालाई पक्राउ गरेको छ ।
हिजो साँझ अन्दाजी ६ बजे मेचीनगर नगरपालिका वडा न.११ कालिका सामुदायिक वनमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशी , प्रहरी चौकी चारआलीबाट प्रहरी नायव निरीक्षक प्रमोद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको स्वीप अपरेशन टोलीले बिभिन्न स्थान बस्ने ४३ जना लागूऔषध सेवनकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सबै पुरुष हुन् । उनीहरु अन्दाजी १५ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् । लागूऔषध कारोबारीहरु लागूऔषध बेच्न आएपछि उनीहरु किन्न भेला भएका थिए । पक्राउ पर्नेहरु लागूऔषध सेवनकर्ताहरु हुन् । कारोबारीहरु भाग्न सफल भएको बताइएको छ ।
पक्राउ परेका ४३ जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ । उनीहरुको साथबाट लागूऔषध बरामद भएको छ । त्यसको परिमाण खुलेको छैन । त्यस्तै १४ वटा मोटरसाइकल , एउटा अटो र एउटा मारुती भ्यान बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

