मेचीनगरलाई सामुदायिक बहुउद्देश्यीय भवन हस्तान्तरण

धुलाबारी । मेचीनगर आधारभूत अस्पताल परिसरमा रहेको सामुदायिक बहुउद्देश्यीय भवनको स्वामित्व नगरपालिकाले लिएको छ । आज खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तरगतको आयोजना व्यवस्थापन कार्यालयले मेचीनगर नगरपालिकालाई उक्त भवनको स्वामित्व हस्तान्तरण गरेको हो ।
आयोजना व्यवस्थापन कार्यालयका वरिष्ठ ईन्जिनियर किशोर पन्थी र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले स्वामित्व पत्र एक अर्कामा हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा नगरप्रमुख बुढाथोकी, ईन्जिनियर पन्थी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

१६ वेडको भवन २०७९ चैत १० गते निर्माण सुरु गरेर २०८१ पुस १४ गते सम्पन्न भएको थियो । भवन हस्तान्तरण हुन मात्र बाँकी रहेको थियो । भवन, अक्सिजन सिलिण्डर र वेडसहित दुई करोड ४२ लाख ५३ हजार ३०५ रुपैयाँ खर्च भएको आयाजनाले जनाएको छ ।

नवनिर्मित भवनमा महिला र पुरुष अपाङ्ग मैत्री शौचालय, १६ वेड क्षमताको २ वटा ठुला कोठा, प्रशासनिक, नसिङ, स्टोर, १६ वटा अक्सिजन सिलिण्डर रहेको छ । स्वास्थ्य शाखा प्रमुख सापकोटाले आजबाट उक्त भवनको स्वामित्व नगरपालिकाले लिएको बताइन् । उक्त भवन एडीवीको सहयोग निर्माण भएको थियो ।
उनका अनुसार भवनमा भिडियो एक्सरे मेसिन, थाइराइड, वेडहरु, अक्सिजन सिलिण्डर लगायतका सामग्री जडान गर्ने काम भइरहेको छ । सेवाग्राहीको सुविधाका लागि आगामी जेठको पहिलो हप्तादेखि नयाँ भवनबाट पनि थप सेवा विस्तार गरिने उनको भनाई छ ।

नगर अस्पतालमा विशेषज्ञ सेवाहरुमा प्रत्येक मंगलबार स्त्री रोग तथा प्रसुती सेवा, विहीबार बालरोग तथा नाक, कान र घाँटीको सेवा, शुक्रबार जनरल फिजिसियन सेवा, दैनिक विहान ६ वजेदेखि ओपिडी सेवा, ईसीजी, युएसजी सेवा, बीमा तथा अन्य निःशुल्क सेवाहरु विशेषज्ञ र एमवीवीएस डाक्टरहरुबाट दिँदै आएको छ ।
मेचीनगरमा तीनदिने पत्रकारितामा एआइ सम्बन्धी तालिम सुरु

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...
‘प्रथम निलसरी च्यालेन्ज कप २०८२’ धरानलाई पराजित गर्दै रेडहर्स इलाम सेमिफाइनलमा

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...
ऐतिहासिक स्थल तेलपानीमा बुधबारदेखि महायज्ञ

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...
अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...
सार्वजनिक जग्गाहरु नगरपालिकाको स्वामित्वमा ल्याउन दलहरु एकमत

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...
अब नेतृत्व युवाको हातमा जानुपर्छ : सपना परियार

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...
मेचीनगर– २ : बैशाख २८ देखि दोस्रो बृहत साँस्कृतिक कार्यक्रम

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...