मेचीनगरलाई सामुदायिक बहुउद्देश्यीय भवन हस्तान्तरण
धुलाबारी । मेचीनगर आधारभूत अस्पताल परिसरमा रहेको सामुदायिक बहुउद्देश्यीय भवनको स्वामित्व नगरपालिकाले लिएको छ । आज खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तरगतको आयोजना व्यवस्थापन कार्यालयले मेचीनगर नगरपालिकालाई उक्त भवनको स्वामित्व हस्तान्तरण गरेको हो ।
आयोजना व्यवस्थापन कार्यालयका वरिष्ठ ईन्जिनियर किशोर पन्थी र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले स्वामित्व पत्र एक अर्कामा हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा नगरप्रमुख बुढाथोकी, ईन्जिनियर पन्थी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

१६ वेडको भवन २०७९ चैत १० गते निर्माण सुरु गरेर २०८१ पुस १४ गते सम्पन्न भएको थियो । भवन हस्तान्तरण हुन मात्र बाँकी रहेको थियो । भवन, अक्सिजन सिलिण्डर र वेडसहित दुई करोड ४२ लाख ५३ हजार ३०५ रुपैयाँ खर्च भएको आयाजनाले जनाएको छ ।

नवनिर्मित भवनमा महिला र पुरुष अपाङ्ग मैत्री शौचालय, १६ वेड क्षमताको २ वटा ठुला कोठा, प्रशासनिक, नसिङ, स्टोर, १६ वटा अक्सिजन सिलिण्डर रहेको छ । स्वास्थ्य शाखा प्रमुख सापकोटाले आजबाट उक्त भवनको स्वामित्व नगरपालिकाले लिएको बताइन् । उक्त भवन एडीवीको सहयोग निर्माण भएको थियो ।
उनका अनुसार भवनमा भिडियो एक्सरे मेसिन, थाइराइड, वेडहरु, अक्सिजन सिलिण्डर लगायतका सामग्री जडान गर्ने काम भइरहेको छ । सेवाग्राहीको सुविधाका लागि आगामी जेठको पहिलो हप्तादेखि नयाँ भवनबाट पनि थप सेवा विस्तार गरिने उनको भनाई छ ।

नगर अस्पतालमा विशेषज्ञ सेवाहरुमा प्रत्येक मंगलबार स्त्री रोग तथा प्रसुती सेवा, विहीबार बालरोग तथा नाक, कान र घाँटीको सेवा, शुक्रबार जनरल फिजिसियन सेवा, दैनिक विहान ६ वजेदेखि ओपिडी सेवा, ईसीजी, युएसजी सेवा, बीमा तथा अन्य निःशुल्क सेवाहरु विशेषज्ञ र एमवीवीएस डाक्टरहरुबाट दिँदै आएको छ ।
किरात याक्थुङ चुम्लुङ मेचीनगर–१३ को वार्षिक साधारण सभा
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
सन्तोष आचार्यले त्यागे एमाले, भ्रष्टाचारविरुद्ध संघर्षमा सक्रिय हुने घोषणा
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
उद्योग, क्यासिनो र लागुऔषधको समस्या समाधान गर्न स्थानीय युवाले गरे जोडदार माग
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर : धुलाबारीमा करोडौंको लगानीमा जिम हाउस
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
झापा नेशनल स्कुलका ७ सय विद्यार्थीले देखाए आफ्नो कला
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...