सिमान्त बाल क्लबकाे साँस्कृतिक र सचेतना कार्यक्रम
मेचीनगर । लोकतन्त्र दिवसका अवसरमा मेचीनगर ६ मा रहेको सिमान्त बाल क्लबले साँस्कृतिक र सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मेची किनारमा रहेको (मेची डाँडा)मा आयोजित सो कार्यक्रमले नेपाली सँस्कृतिको संरक्षणसँगै दुव्यर्सनले समाजमा पार्ने प्रभाव र असरका विषयमा समेत चर्चा गरिएको थियो ।
क्लबका अध्यक्ष मानव पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका साँसद तथा नेपाली काँग्रेसका संसदीय दलका नेता गोपाल तामाङ्ग रहेका थिए । विशेष अतिथिका रुपमा मेचीनगर वडा नं ६का वडा अध्यक्ष ललितबहादुर तामाङ्ग रहेका थिए ।कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथि बालअधिकारकर्मी मणीकुमार लिम्बु,सामाजिक अभियान्ता संदीप थापा,ईप्रका काँकरभिट्टा प्रहरी नायब निरिक्षक मिलन राई लगायतले आफना भनाई राखका थिए ।
कार्यक्रममा समाजसेवी युवा विधान श्रेष्ठ लगायत स्थानीय टोल विकास संस्था, नवदुर्गा किर्तन मण्डली , प्रगति आमा समुलाई सम्मान गरिएको थियो ।मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलले स्वागत तथा कार्यक्रमका विषयमा प्रकाश पारेका थिए ।कार्यक्रममा विभिन्न राजनीतिकदलका प्रतिनिधि,समाजसेवी,विध्यार्थी ,टोल विकासका प्रतिनिधि र स्थानीयको सहभागिता रहेकाे थियाेे ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
