कनभेन्ट इङ्लिस स्कूलले मनायो वार्षिकोत्सव

मेचीनगर । मेचीनगर – १० स्थित कनभेन्ट इङ्लिस स्कूललले आइतबार विविध कार्यक्रमका साथ वार्षिक उत्सव मनाएको छ ।
पासाङल्हामु स्मृति जेसीज प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई रोचक बनाउँन विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य, राइम्स, चेतनामुलक नाटक प्रस्तुत गरेका थिए । भने सो अवसरमा कक्षा नर्सरीदेखि कक्षा ७ सम्मको परीक्षाफल समेत प्रकाशित गरिएको थियो । कार्यक्रमकै अवसरमा संगीत तथा नृत्य प्रशिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल विक्रम क्षेत्रीको सभापतित्व तथा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नृत्य प्रशिक्षक अरुण राजवंशी र संगीत प्रशिक्षक जमिर अलीलाई सम्मान गरिएको हो । उनीहरुलाई प्रमुख अतिथि भण्डारीले सम्मान पत्रद्वारा सम्मान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुको फरक प्रस्तुतीले सहभागि अभिभवकहरु उत्साहित बनेका थिए ।
कार्यक्रमका सभाअध्यक्ष एवम् विद्यालयका प्रिन्सिपल विक्रम क्षेत्रीले विद्यालयले बिभिन्न आरोह अवरोह पारगर्दै शैक्षिक क्षेत्रमा ठूलो फड्को मारेको बताए । २०५१ साललमा स्थापित यस विद्यालयले डाक्टर, इञ्जिनियर उत्पादन गर्न सफल भएको उनको भनाइ थियो । उनले शिक्षा सँगै अतिरिक्त क्रियाकलापमा विद्यालयले सफलता प्राप्त गर्दै आएको बताए ।
अभिभावक दामोदर नेपाल र विद्यालयकी छात्रा प्रकृति बुडाथोकीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा प्याव्सन मेचीनगरका उपाध्यक्ष सुरेन्द्र न्यौपाने, कार्यसमिति सदस्य विमल पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परेश राजवंशी, विद्यालयकी कोअर्डिनेटर सीता भेटवाल , समाजसेवी खिनामाया निरौला लगायतको आतिथ्यता रहेको थियो । विद्यार्थी द्वय अंकित भेट्वाल र रोजा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक अर्जुन सुवेदीले गरेका थिए ।

काँकरभिट्टा । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध...

काँकरभिट्टा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग...

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का...

मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित...

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास...

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर...

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित...