जेष्ठ नागरिक मेचीनगर ७ को अध्यक्षमा पुन : पौडेल
इटाभट्टा । जेष्ठ नागरिक वडा समिति मेचीनगर ७ को अध्यक्षमा पिताम्बर शर्मा पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । आज मेचीनगर ७ आनन्द टोलमा संस्थाको पहिलो अधिवेशनबाट पौडेल आगामी ४ वर्षे कार्यकालको लागि पुन अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा अमर परियार, महिला उपाध्यक्षमा मेनुका अधिकारी, सचिवमा रामप्रसाद ढुङ्गेल, सहसचिवमा प्रेमराज गौतम र कोषाध्यक्षमा राजकुमारी राई निर्वाचित भएको निर्वाचन समितिका संयोजक अग्नीप्रसाद घिमिरेले बताए । समितिको सदस्यमा डिकुरा निरौला, मीना कोइराला, गीता पोख्रेल घिमिरे, लालप्रसाद फुयल, भवनाथ दाहाल, अशोक मेचे, सपन राजवंशी निर्वाचित भएको संयोजक घिमिरेले बताए । २१ सदस्य कार्यसमितिमा ८ जना पछि मनोनित गरिने बताइएको छ ।
मेचीनगर ७ का वडाध्यक्ष प्रलादमणि ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनको संचालन सचिव अमर परियारले गरेका थिए । रामप्रसाद ढुङ्गेलले स्वागत तथा समितिका अध्यक्ष पिताम्बर शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
