मेचीनगर वडा स्तरीय फुटबल : ११ र ९ फाइनलमा प्रबेश

बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा मेचीनगर ११ र मेचीनगर ९ फाइनलमा प्रबेश गरेका छन ।
नव ज्योती निमाबिको खेल मैदानमा शुक्रबार भएको खेलमा वडा नम्बर ५ लाई टाइब्रेकरमा ४-३ को गोल अन्तरले पछि फाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछी सोझै टाइब्रेकरद्वारा निर्णय लिएको थियो । जितका लागि ११ का सुजल धिमाल, रन्जन धिमाल, प्रशु राई र निश्चल बानियाँले गोल गरेका थिए सागर बर्देवाको गोल हुन सकेन । यता मेचीनगर ५ कातर्फबाट राज क्षेत्री,बेद लिम्बू, ओबित लिम्बुले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच बिजेता टिमका गोलरक्षक सुजन बर्देवा भए ।
यसैगरी दोस्रो खेलमा मेचीनगर ९ ले मेचीनगर ६ लाई २-० को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रबेस गरेको हो । जितका लागि रन्जित राइले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच रन्जित लिम्बू भए ।
फाइनल खेल शनिवार हुनेछ । प्रतियोगितामा बिजेता टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सचिव राजकुमार रायाले बताए ।

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...