आज प्रतिष्ठानको कार्यालयमा सम्पन्न साधारण सभाले आगामी चैत १६ गते शनिबार निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ ।
काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख दिपकप्रसाद पोखरेलको संयोकतत्वमा लम्बोधर पौडेल र राधा कार्की सदस्य रहेको निर्वाचन समिति रहने गरी साधारण सभाले निर्णय गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि संविधान सदस्य एवम् प्रतिष्ठानका आजिवन सदस्य रविन कोइरालाले प्रतिष्ठान र सामाजिक संघ–संस्थामा चुनाव गर्नु भन्दा सर्वसम्मत नेतृत्व चयन गरेर जान उचित हुने बताएका छन् ।
राष्ट्रिय आवास कम्पनीमा रहेका काँकरभिट्टाका सार्वजनिक जग्गाहरुलाई चाँडै मेचीनगर नगरपालिकाको स्वामित्वमा ल्याउन पहल भइरहेको उनले बताए ।
कार्यक्रममा कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, मेचीनगरका पूर्व नगरप्रमुख विमल आचार्य, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराम घिमिरेले चैत १६ गते निर्वाचन गर्नेसहितको अध्यक्षको प्रस्तुत प्रतिवेदन साधारण सभाले पारित गरेको थियो ।
भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा सम्पन्न साधारण सभाको स्वागत उपाध्यक्ष मेदनीप्रसाद खरेलले र सञ्चालन महासचिव शुशिल आचार्यले गरेका थिए ।