इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : भारतको सिलिगुडी विजयी
मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगीमा आजदेखि शुरु भएको इण्डो( नेपाल टि – ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भारतको सिलिगुडीले विजयी शुरुआत गरेको छ।
बाहुणडाँगी युवा क्लबको आयोजनामा आजबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको ड्रागन (११ लाई ४४ रनले पराजित गर्दै सिलिगुडीको पेनोरिस -११ ले विजयी शुरुआत गरेको हो । टस हारेर पहिलो व्याटिङ गरेको सिलिगुडीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८९ रन बनाउँदै विशाल स्कोर खडा गरेको थियोे ।
सिलिगुडीका लागि राकेशले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५३ रन प्रहार गरे। उनले ३३ बलमा ५३ रन बनाएर राजु धिमालको बलमा क्याच आउट भएका थिए। त्यस्तै सिलिगुडीका लागि सुभांकरले ३० बल खेल्दै ४५ रन , अरिन्दमले १९ बलमा नटआउट ४२ रन प्रहार गरेका थिए भने सोतुले १२ बलमा नटआउट १७ रन बनाएका थिए । बलिङतर्फ ड्रागन -११ का मोहन राजवंशीले २ तथा राजु धिमालले १ विकेट हात पारे ।

१९० रनको विशाल लक्ष्य पछ्याउने क्रममा ड्रागन -११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियोे । ड्रागनका लागि राजिभ महत्तोले सर्वाधिक ३९ बलमा ३९ रन बनाउँदै आउट भएका थिए भने निर्मल न्यौपानेले आक्रामक ब्याटिङ गर्ने क्रममा १६ बलमा ३४ रन बनाएका थिए। त्यस्तै अमित दाहालले ११ बलमा १४ तथा मिलन धिमालले १० बलमा १५ रन बनाएका थिए। ड्रागनका लागि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ सिलिगुडीका राकेशले सर्वाधिक ३ विकेट लिए भने अरिन्दम र देवाशिसले समान २( २ विकेट हात पारे। खेलको म्यान अफ द म्याच सिलिगुडीका राकेश घोषित भए । उनले नगद रु १००० र मायाको चिनो प्राप्त गरे।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वडा नम्बर -४ का वडाध्यक्ष अर्जुनकुमार कार्किले गरेका थिए। उनले व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन्। बाहुणडाँगीको अर्को पहिचान खेलकुद पनि रहेको उल्लेख गर्दै कार्कीले अब बाहुणडाँगीले थुप्रै प्रतिभाहरु जन्माउने र छिट्टै सुविधा सम्पन्न क्रिकेट एकेडेमी सञ्चालन हुने विश्वास व्यक्त गरे।
आजबाट शुरु भएको प्रतियोगितामा १२ टिम सहभागी रहेका छन् भने फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
