मेची पारीसँग वारीले देखायो माया : बितरण गरियो शैक्षिक सामग्री
मेचीनगर । झापाको बिर्तामोड वडा नम्बर-२ ले मेचीनगर-१५ मेची पारी रहेको मेची प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिका विद्यालयको पोशाकसहित शैक्षिक सामग्री बितरण गरेको छ ।
पुर्वी दक्षीण मेचीपारी मेचीनगर-१५, ग्वालाबस्तीमा संचालित मेची प्राथमिकता विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबिच त्यहाँ अध्ययनरत बालबालिकासँग अन्तरक्रिया तथा शैक्षिक सामग्री बितरण गरेको हो ।
प्रमुख अतिथि बिर्तामोड वडा नम्बर-२ का जनप्रतिनिधि किशोर पौडेल, बिशिस्ठ अतिथि मेचीनगर नगर शिक्षा प्रमुख होम भण्डारीले विद्यालयमा राखेको नेपालको झण्डा परिवर्तन गरेर उद्घाटन गरेको कार्यक्रममा पौडेलले, भण्डारीले विद्यालय ब्यवस्थापनका अध्यक्ष आलाम यादवलाई शैक्षिक सामाग्री र खेलका सामाग्री हस्तान्तरण गरेको थियो भने पोशाक विद्यार्थीलाई लगाइदिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पौडेलले मेचीपारी बसोबास गर्ने आफ्ना नागरिकको पिडालाई बुझेर राज्यले उपयुक्त र सहज नीति अबलम्बन गर्नुपर्नेमा जोड दिएका थिए । नगर शिक्षा प्रमुख भण्डारीले विद्यालय रहेकै कारण सो क्षेत्र अतिक्रम हुनबाट जोगिएको बताए । उनले विद्यार्थीको संख्या वृद्धि भए विद्यालयलाई थप सुबिधा बढाउन सकिने जानकारी दिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आलाम यादवको अध्यक्षमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलियाले स्वागत तथा सरोज पौडेलले सञ्चालन गरेका थिए ।

कार्यक्रममा मेचीनगर नगरशिक्षा सदस्य सुनिता भट्टराई, दिनेश ओझा, कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक युवराज ढकाल, झापा नेसनल स्कुल प्रिन्सिपल कमल भेटवाल, सञ्चारकर्मीहरु र बाल क्लबका अध्यक्षसहित न्युटन्स एकाडेमीका विद्यार्थी, शिक्षकको सहभागिता रहेको थियो ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

