थेसिस स्पोर्ट कल्चर कार्निवल सम्पन्न


मेचीनगर । थेसिस अंग्रेजी माध्यमिक विद्यालय मेचीनगर– ३ ले स्पोर्ट कल्चर कार्निवल कार्यक्रम सम्पन्न गरेको छ । मगंलवार थेसिस स्पोर्ट कल्चर कार्निवल कार्यक्रम सम्पन्न भएको हो ।
स्पोर्ट कल्चर कार्यक्रम अन्तरगत म्याथ रेस, विज्ञान रिले रेस, ईङलिस पजल रेस, सामाजिक चुनौती रेस सम्पन्न भएको हो । खेल क्षेत्र अन्तरगत छात्रा फुटबल च्याम्पियन, छात्रा भलिवल, जुनियर म्याराथुन, हाईजम, लङजमको आयोजना गरिएको थियो । फाल्गुण ३ गतेको अन्तर बिद्यालय छात्रा फुटबल च्याम्पियन खेलको आयोजना समेत गरेको थियो ।
सङगित तर्फ गिटार, ड्रम, पियानो, हार्मोनियमसहित विद्यार्थी मिउजिक व्याण्डको लाईभ प्रस्तुति गरिएको थियो । नृत्य तर्फः किरात याख्याको लोपोन्मुख नृत्य लगायत फ्युजन नृत्य, शिक्षक विद्यार्थी नृत्य प्रस्तुत गरिएको थियो । बिभिन्न धार्मिक तथा सांस्कृतिक सहिष्णुता को प्रस्तुति सहित नर्रसी देखी कक्षा १० सम्म का सबै विद्यार्थीहरू उत्साहित रूपमा सहभागी थिए ।


विद्यालयले विभिन्न व्यातिलाई सम्मान गरेको थियो । नर्सरी देखी कक्षा १० सम्म पुरा गर्दै गर्दा बहु प्रतिभा र सिप विकास गर्न सफल विद्यार्थीहरू लाई ‘प्रिन्सिपल अवार्ड सर्टिफिकेट अफ एचिभमेन्ट’ ले प्रसंसा गरिएको थियो । स्कुल क्याप्टेन काउन्सिलर कक्षा १० की छात्रा सिजल कार्की सहित कक्षा १० कै स्कुल क्याप्टेन सिसन शंकर, कक्षा १० कै सृजन मेचे , कक्षा १० कै अनुस्का वानियाँ, बर्ष उत्कृष्ठ खेलाडी कक्षा ९ की छात्रा सुधा राई, ईमान्दार अनुसासित र सहयोगी नृत्य कोच, चित्रकला, भलिवल खेलाडी कक्षा १० की छात्रा अर्पना कुलुङ राई, व्ल्याक वेल्ट कक्षा ९ की छात्रा यमिमा राई सम्मानित भएका थिए ।


विज्ञान शिक्षक किरण लिम्वु कार्य सम्पादन मुल्याङकनको आधारमा ‘वेस्ट ईम्लोई अफ द ईयर’, वेस्ट ईम्पलोई अफ द ईयरबाट कुमारी बस्नेत (गंगा) अभिभावद्वय रेखा सिलवाल कार्की र मन कुमारी राई लाई उत्कृष्ट अभिभावकको रूपमा कदर पत्रले सम्मान गरिएको थियो ।
थेसिस सोसियल स्टेक होल्डर भिउ अवार्ड गुरू आकाश तामाङ्ग र सम्झना सारू मगर र  थेसिस स्कुल लामो समय सम्म जोडिएर स्कुलको गतिविधिलाइ अभिभाव र समुदाय समाज एवं राज्यको सबै तह र तप्कामा शैक्षिक समाचार सम्प्रेषण गरी स्कुलको रामाजिक लगानीलाई समाजको नजरमा गरिमामय वनाउन भूमिका खेल्ने खबर मञ्च साप्ताहिक तथा अनलाईनका सम्पादक प्रकाश पौडेललाई ‘थेसिस पत्रकारिता सम्मान पत्र’ ले सम्मान गरिएको थियो ।


बिद्यालयले सङगीतका विभिन्न विधामा विद्यार्थीहरूलाई सिप विकास गराउँदै गर्दा लामो समय सम्प सङगीत प्रशिक्षण गर्ने ए डि म्युजीक एकाडेमी काकरभिट्टाका प्रबन्ध निर्देशक गायक एवं सङगीतकार अर्जुन दाहाल लाई समेत ‘थेसिस कलाकर्मी अवार्ड’को कदर पत्र द्वारा सम्मान गरिएको थियो । साथमा शैक्षिक वर्ष २०८१ मा छात्रा भलिवल तर्फ नगर च्याम्पियन र रनर अप हुन सफल खेलाडी तथा कोच एक्सिस रूचालाई सम्मान , छात्रा फुटवल तर्फ च्याम्पियन वन्न सफल छात्रा खेलाडीहरू सहित विभिन्न विधाका खेलाडीहरूलाई जर्सी सेट र पदकहरू दिएर पुरस्कृत गरिएको थियो ।


बिद्यालयका पि टि ए अध्यक्ष ईन्द्र दाहालको अध्यक्षता, कम्पनि अध्यक्ष विनिता बराईली रूचालको वेलकम कोअर्डिनेशन
आयोजना गरिएको कर्यक्रममा संस्थापक प्रिन्सिपल डम्बर रूचालले स्कुलको कार्यप्रगती बारे प्रकाश पारेका थिए ।