एभरेष्ट भ्युले म्याराथुन आयोजना गर्ने

मेचीनगर । एभरेष्ट भ्यू इङ्लिस बोर्डिङ स्कुलले म्याराथुन प्रतियोगिताको आयोजना गर्ने भएको छ । फाल्गुण ६ गते म्याराथुन प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
स्थानीय धार्मिक पर्यटकीय क्षेत्र पातालगंगाबाट स्कुलको प्राङ्गण मेचीनगर–८ सम्म २.५ कि.मी को म्याराथुन प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । म्याराथुन प्रतियोगितामा २५० विद्यार्थीले सहभागिता जनाउने छन् ।
म्याराथुन प्रतियोगितामा भाग लिनका लागि ३ समुहमा विभाजन गरिएको छ । कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुका लागि समुह ‘क’, कक्षा ६ देखि १० सम्मका छात्राहरुका लागि समुह ‘ख’ र कक्षा ६ देखि ७ सम्मका छात्रहरुका लागि ‘ख’ र अन्य सबै विद्यार्थीहरुका लागि समुह ‘ग’ निर्धारण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको वार्षिक कार्यक्रम अन्र्तगत म्याराथुन प्रतियोगिता आयोजना गरिएको हो । विद्यालयले प्रत्येक वर्ष खेलकुद सप्ताह आयोजना गर्दै आएको छ ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...