ल्होत्से विद्यालयको स्पोर्टस मिट भव्य
धुलाबारी । मेचीनगर–९ मा सञ्चालित ल्होत्से ९हिमालयन स्कूल० अंग्रेजी विद्यालयले शनिबार वार्षिक खेलकुद सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको आफ्नै खेल मैदानमा भव्य कार्यक्रमको आयोजना गरी खेलकुद उत्सव मनाएको हो ।
ल्होत्से स्पोर्टस मिट–२०८१ मा १० स्वर्ण, ८ रजत तथा ५ कास्य पदक जित्दै पहेँलो सदन सर्वोत्कृष्ट सदन बन्न सफल भएको छ । त्यसैगरी ९ स्वर्ण, ७ रजत तथा ६ कास्य पदक जितेर हरियो सदन दोस्रो तथा ७ स्वर्ण, ६ रजत तथा ९ कास्य पदकसहित रातो सदन तेस्रो भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थपलियाको अध्यक्षता सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहको प्रमुख अतिथि मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए । उनले सो अवसरमा शैक्षिक संस्थाहरुले नानीहरुलाई अध्ययनसँगै संस्कार संस्कृति सिकाउनु पर्ने बताए ।

कार्यक्रममा मेचीनगर वडा नम्बर ९ का वडा अध्यक्ष कञ्चन तामाङ, धुलाबारी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशविक्रम नेम्वाङ, झापा जिल्ला प्याब्सन सदस्य भोजबहादुर कार्की, मेचीनगर प्याब्सनका प्रमुख सल्लाहकार डम्बर रुचाल, झापा गोल्डकपका महासिचव बुद्ध योञ्जन, समाजसेवी विष्णु बुढाथोकी, राजु धिमाल, सरस्वती सिटौला लगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयका अभिभावकहरुको व्यापक उपस्थितिका बीच भएको कार्यक्रममा परेड, दौड तथा विभिन्न ड्रील प्रदर्शन गरिएको थियो । विद्यालयकी शिक्षिका आशा पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा उत्कृष्ट खेलाडी विद्यार्थीहरुलाई सभापति थपलिया, विद्यालय निर्देशक धनराज थापा, प्रिन्सिपल कमल नेपाल, प्रशासन प्रमुख रीना थापा तथा विद्यालय व्यवस्थापन समिति सदस्यहरु लगायत शिक्षक शिक्षिकाहरुद्वारा ट्रफी तथा मेडलहरु वितरण गरिएको थियो ।

ल्होत्से विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि शैक्षिक क्रियाकलापका साथै विविध अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको छ । गायन, नृत्य, संगीत, वाद्यवादन, चित्रकला तथा खेलकुदका विशेष कक्षाहरु सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ । सो विद्यालय धुलाबारी क्षेत्रकै पुरानो विद्यालय मध्येको एक पर्दछ । साविकमा ‘हिमालयन’ बाट सञ्चालित उक्त विद्यालयको नाम परिवर्तन गरेर ल्होत्से राखिएको छ ।

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
