हिसान महिला भलिबल प्रतियोगिताको उपाधि आदर्शको पोल्टामा
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाको आयोजना भएको महिला भलिबल प्रतियोगिताको उपाधि आदर्श स्कुल अफ मेनेजमेन्टले जितेको छ ।
फाइनल खेलमा ग्लोबल कलेज दमकलाई सोझो सेटमा हराउँदै आदर्श उपाधि जित्न सफल भएको हो । पहिलो सेट २८–२६, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१८ ले जितेको हो ।
फाइनल खेलको प्लेयर अफ दी म्याच स्नेहा बोहोरा भएकी छन् । प्रतियोगितामा उत्कृष्ट स्पाइकर आदर्श स्कुलका रक्षा भट्टराई, सेटर सन्ध्या गुरुङ, म्यान अफ दी टुर्नामेन्ट आदर्श कै स्रीमन श्रेष्ठ र उत्कृष्ट कोचको उपाधी आदर्श कै मिलन खजुम राई भएका छन् ।प्रतियोगितामा ग्लोबल कलेज दमक दोश्रो र प्रजिता एकाडेमी तेस्रो हुन सफल भएको छ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई समापन समरोहका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला हिसान झापाका अध्यक्ष टेकनाथ भन्डारी, उपाध्यक्ष ख्याम भण्डारी, उत्तम खनाल, सचिव देबेन्द्र हुमागाईं, कोषाध्यक्ष रन्जित शाह, प्याब्सन झापाका अध्यक्ष छत्र कार्की, वरिष्ठ उपाध्यक्ष एच.के. पाठक, बिर्तामोड नगर अध्यक्ष सुरेन्द्र खरेल लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितमा उपाधि जित्न सफल आदर्श स्कुललाई विद्यालयका डाइरेक्टर सन्जोग खरेलले प्रोत्सान स्वरूप नगद ४० हजार दिने घोषणा गरेको कार्यक्रम सञ्चालक आदर्शका आउटरिच मेनेजर दीपक दासले जानकारी दिए ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


