शिमल तरुलको कथा


माघे संक्रान्ती नुहाउन आउनुभएका एक जना पुराना मित्र संग धेरै दिनपछि भेट भएको अवसरमा चिया पसलमा चियाको चुस्की संगै हाम्रा विगतका कुराहरु सम्झिदै र एक अर्काको सुख दुःख साटासाट गर्दै थियौं। यत्तिकैमा चिया सकिएको थाहै भएन छ। फेरि अर्को चिया दिनु भन्दै हाम्रो गफको शिलशिलामा झूमि रहेका थियौ।

छेवैमा संक्रान्ति मनाउन सबै जनाले धेरथोर किनमेल गरि लान्छन भनि थुपारेर राखिएका शहर खण्ड, वनतरुल, लंके, ईसकुशको जरा, घरतरुल र शिमलतरुलका थुप्रावाट भूषको आगो जस्तो रिसले दन् दनि वले झै सबैले पालै पालो सिमलतरुललाई औल्याउदै खित्का छोड्दै हाँस्दै गिळ्याई रहेको वार्ता लाप सुनेर हाम्रो दोश्रो पटकको चिया पनि हिउसरि भयेको पत्तैभएन।

तरुलुहरुको आ-आफो गुनासो हामीले सुनेको र बुझेको केहि अंश जस्ताको त्येस्तै हजुरहरू समक्ष पेश गर्दछौं। मन्परे समय सापेक्ष सल्लाह र सुझाव दिनु होला ।

इसकुश को तरुल ले :
ए शिमले , तँ मैसिको सिंङ्ग जस्तो यति लामो, माघे संक्रान्ती, एकादशि र हलि गोठालालाई मेला पातमा खाजामा मात्रै काम लाग्ने त्यसपछि रहयो भने वारीका पाटामा पशुको सिं जस्तै जता सुकै मिल्काउछन्। हा हा हा ।।

घर तरुल ले :
शिमले तलाई त म जस्तो पूजआजा, विहे व्रतवन्ध आदि शुभकार्यमा भान्सामा मिठो परिकारको रूपमा चलाउदैनन, थाहा छ होला नि, गोरसिंहे।
हि-हि-हि-हि।।।

वन तकल् ले :
म त मै हो नि यार १ ,म जस्तो महंगो कोहि छैन। मेरो त के कुरा गर्नु र रु मेरो त तँ खुट्टाको जुत्ता जस्तो पनी भईनस ए शिमले ( हु(हु(हु(हु।।।।।।

पिंडालुले :
म त, तँ जस्तो माघे संक्रान्ती पछि , वारिका कान्लामा लत्र्याक लुत्र्युक सुकेर वस्ने होईन , बुझिस रु सवै खाले तरकारी सकिएपछि मेरो मात्रै भान्सामा एकलौटी राज चल्छ, थाहा छ रु सिमले फटाहा । -हे-हे-हे-हे।।

शखर खण्डले :
म जस्तो गुलियो मिठो स्वादिलो सबैको जिब्रो, मन र मुटुमा वस्न सफल, मेरो त छुट्टै मान र इज्जत छ । त्यो तलाई थाहाछ होला नि , खल्लो शिमले १ -वा-वा-वा-वा

यत्तिकैमा शिमलेले आफु तर्फको सफाई दिदै सबै ईष्टमित्र वन्धुहरुलाई उत्तर फक्राउदै भन्न थालो ” मानिसले मलाई माघे संक्रातिमा मात्रै हैन अरु वेला पनि जाडो मौसममा घाम ताप्दै नया खाजाको रूपमा स्वाद लिदै खान्छन् । मेरो सब्जी वनाएर कसैले खाएछ भने झुक्किएर पनिर हो कि क्याहो भन्छन्।”

सबैलाई थाहा छैन, माधे संक्रान्तिपछि उव्र्रेंभने मलाई राम्ररी बोक्रा तासेर , मशिनो पातलो चाना पारेर , सफा पानीले धोएर , झुरुम झुरुम हुने गरी सुकाएर पिठो वनाउदा ,म एक वर्ष सम्म पनि विग्रिदिन ।

म हेर्दा पनि तिमिहरु भन्दा टलफिगर वाला, फिटनेस तन्दुरुस्त र सुकिलो पनि छु । ममा के कमि छ र ?

ईसकुशको जरा जस्तो अर्अरे , पिँडालु जस्तो जिब्रो कोक्याउने , शुठुनी जस्तो सुगर ह्वात्तौ वडाउने , घर तरुल जस्तो भद्दा भैसी ज्याने , पकाएर खानु भन्दा पहिले नेै ढिँडो जस्तो हुने , रूप न रंगको माटाको ढिस्को र डल्लो जस्तो , वन तरुल जस्तो महगों त होईन नी । मानिषले मलाई एक पटक राम्ररी आलु पनिर जस्तो पकाएर खाए भने अर्को चोटि बाट तिमिहरुको नामो निशान हराउछ , वुझेउ ?

म मेरे अवगुण को बारेमा पनि केही कुरा सबैलाई जानकारी गराउछु :
मलाई खोकि लागि रहने, छाति घ्यार घ्यार हुने स्वास प्रस्वासमा समस्या भएका, सुगर र ग्यास्टिकका विरामीले आफ्नु स्वास्थयलाई ख्याल गरेर, कम्ती मात्रामा मात्रै उपभोग गर्नु होला भन्छु ।

तिमीहरु तिमीहरुको आआफ्ना अवगुणका वारेमा कहि भन्ने हिम्मत गर्छौ रु ल भन त , पन्छिएर मात्र हुन्छ र ?
मलाई धेरै परिमाणमा उत्पादन गर्न सके मेरो पिठोबाट विरामीलाई खुवाउने खाजा , साबुदाना बनेर विरामीलाई स्वास्थ्य वनाउन मद्दत गर्छु।

धान बाली नहुने कुलो पैनी नलागने , रुखो, सुख्खा , बाँझो जमीनमा पनि किशानलाई मनग्ये आम्दानी गराउन र मझ्येउला खाले उद्योगको रुपमा स्थापित भइ देश र जनताको विकाशमा सहयोग गर्न पनि सक्छु ।

ल तिमिहरु भन त रु तिमीहरुको भविष्य केहिछ र रु न वुझी अरुलाई सोझो पायें भन्दैमा अत्ति होपनु त हुदैननि । ( विरही शिमले

यो शिमल तरुलको विरह भरिका करुण स्वले भनेका कुराले मलाई साह्रै मन छोयो। म र मेरो साथीले भोलि पल्टै सिमल तरुलको सब्जी पकाएर खाएको त,नभन्दै उसले भनेको कुरा शत प्रतिशत, सहि लाग्यो ।

ल हजुरहरू पनि एक पल्ट सिमल तरुल को सब्जी पकाएर स्वाद लिनु होला । शिमल तरुलको भनाई कस्तो लाग्यो आफनू अनुभव साझा गर्नु होला ।

धन्यवाद