काँकरभिट्टा खानेपानीको २९ औं सभा सम्पन्न
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले दुई जना बयोवृद्धासहित उत्कृष्ट सेवाग्राही तथा कर्मचारीलाई सम्मान गर्दै २९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाले बिगतमा खानेपानीको अभाव हुँदा टिनको भारमा पानी बोकेर बितरण गर्ने स्थानीय दुई जना बयोवृद्धाहरु मेचीनगर(६ का धुम्मलाल राजबंशी र कप्तान राजबंशीलाई नगदसहित सम्मान गरेको हो । २०३५ सालपछि काँकरभिट्टामा पानीको चरम अभाव हुँदा सम्मानित राजबंशीद्वय लगायतले सर्वसाधारण र बजारमा पानीको अभाव टार्न टिनको भारमा पानी बोकेर तिर्खाको प्यास मेटाएका थिए । सो क्षेत्रमा चट्टानसहित टापु रहेकाले ट्युवेल गाड्न सकस भइ पानीको हाहाकार हुने गरेको थियो । धुम्मलाल राजबंशी र कप्तान राजबंशीले १ किलोमीटरबढी दुरिको इनारबाट टिनको भारमा बोकेर पानी बितरण गर्दै आएका थिए ।
त्यस्तै खानेपानीको १२ वर्षयता जरिवानारहित छुट पाउँदै आएका मेचीनगर(५ का पुर्णबहार राई, कार्यालयमा टिपोट तथा माइन्युट लेखन गर्दै सहयोग पुर्याउदै आएकी मेचीनगर(३ कि रमा भण्डारी र फिल्ड कर्मचारी छबिलाल लिम्बूलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।संस्थाको २९ औं बार्षिक साधारण सभाका प्रमुख अतिथि सांसद बिश्वप्रकाश शर्मा, विशेष अतिथि मेचीनगरका पुर्वमेयर बिमल आचार्य सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद विश्वप्रकाश शर्माले पानी प्रकृतीका जीव र मानिसको प्राण बचाउने आधार भएकाले बताए । भारमा बोकेको पानी खाएर हुर्केको जीवन भएकाले संस्थाले इतिहासको सम्मान र अवस्थाको ज्ञान बाड्न खोजेकोप्रती प्रशंसा गरेका थिए ।संस्थाले अपनाएको सिद्धान्त ञसमय, सम्पति र पानीको सदुपयोग गरौंझ शब्द आफैमा उच्च राम्रो बिचार भएको जनाउदै समाजमा लागू गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख संघीय खानेपानी तथा ढल ब्यवस्थापन बिभाग मन्त्रालयका प्रमुख सुरजलाल चौधरी, मेचीनगरका पुर्वमेयर बिमल आचार्य, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य प्रकाश भण्डारी, नेकपा एमालेका प्रदेश सदस्य देबकुमार राई, नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, बुधबारे साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ध्रुव ओली, राप्रपा नेपालका कार्यवहाक अध्यक्ष ओमबहादुर बिष्ट, जसपाका नगर अध्यक्ष धनकुमार राईले काँकरभिट्टा खानेपानी संस्थाको चर्चा गरेका थिए।
कार्यक्रममा रोहितकुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्षले ब्याजदर आयकर र विद्युत महसुल सहुलियत गर्न सांसद शर्मालाई आग्रह गरेका थिए । उनले आफ्नो कार्यकालको २०६ दिनमा गरेका प्रगति, आम्दानी(खर्च तथा पानी बिस्तार गर्ने बिषयसहित खरिद समिति गठन, सभाषद् गठन, नागरिक वडापत्र, कवाडी ब्यवस्थापन, अडिट रिपोर्टको बिषयमा उल्लेखित प्रतिवेदन बाचन गरेका थिए । संस्थाका ब्यवस्थापक दिपक पोख्रेलले सम्मानपत्र वाचन कार्यक्रमको सञ्चालन विशाल तामाङले गरेका थिए ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...