प्रेस चौतारी झापाको जिल्ला अधिवेशन माघ २२ गते
बिर्तामोड । प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीको १० औ जिल्ला अधिवेशन आगामी माघ २२ गते गर्ने निर्णय भएको छ । आज बिर्तामोडस्थित चौतारीको कार्यालयमा सम्पन्न बैठकले अधिवेशनको मिति तय गरेको हो ।
शिवसताक्षी नगरपालिका वडा नं। १० को पर्यटकीय क्षेत्र दोमुखामा जिल्ला अधिवेशन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष मनकुमार गदालले जानकारी दिए।
बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति बनाएको छ । अधिवेशनका लागि सदस्यता नविकरण, नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष गदालले बताए ।
सदस्यता नविकरण र नयाँ सदस्यता प्रदान गर्न संगठनका सचिव प्रकाश पौडेलको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाइएको छ । सदस्यता नविकरणका लागि पुस मसान्तको समय अवधि तोकिएको छ ।
यस्तै, जिल्ला अध्यक्ष गदालको संयोजकत्वमा ९ सदस्यीय आर्थिक समिति, पत्रकारिता पुरस्कार कोष र पत्रकार उपचार सहयोग कोषको कार्यविधि संशोधन गर्न संगठनका केन्द्रीय सदस्य झापा जिल्ला इञ्चार्ज सन्तोष आचार्यको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


