बिहानी साकोसको साधारणसभा : पत्रकार घिमिरे सहित दर्जन बढी सम्मानित
मेचीनगर । मेचीनगर – १४ स्थित बिहानी बचत तथा ऋण सहकारी संस्थाको १६ ओै वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
मेचीनगर नगरपालिका वडानम्बर १२ का वडा अध्यक्ष मधुसुधन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीले सञ्चारकर्मी खगेन्द्र घिमिरे सहित बिभिन्न विद्याका उत्कृष्ट ब्याक्तित्वहरुलाई सम्मान गरेको छ ।
खोज पत्रकारिताको माध्यमले समाज रुपान्तरणमा योगदान पुर्याएको भन्दै सहकारीले अनुसन्धान अनलाइनका सम्पादक खगेन्द्र घिमिरेलाई सम्मान गरेको जनाएको छ । त्यसैगरी सहकारीले स्वास्थ्यकर्मी विद्या शिवाकोटी, शैक्षिक सत्र २०८० को एस।ईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विराज प्रसाई, तेक्वान्दो डोजाइका खेलाडी नम्रता खड्कालाई दोसल्ला र टोपी ओढाएर नगद सहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
सो अवसरमा उत्कृष्ट निक्षेपकर्ता लक्ष्मी कुमारी माझी ,उत्कृष्ट ऋणी देवीचेने लिम्बु ,उत्कृष्ट बाल बचतकर्ता असिम खनाल, उत्कृष्ट खुत्रुके बचत कर्ता विपना मेचेलाई नगद रु दुई हजार सहित सम्मान पत्रद्धारा सम्मान गरिएको छ ।
त्यसैगरी शेयर पूँजी १ लाख पुर्याउनु हुने शेयर सदस्यहरु दिपेश राई, तपन रिजाल, विष्णुलाल सुबेदी, विष्णु प्रसाई, बलराम कडरिया, हरिमाया बराललाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार खगेन्द्र घिमिरे, मिनिल्याण्ड स्कूलका प्रिन्सिपल चन्द्र प्रकाश प्रसाई, गुहेश्वरी मर्चेन्ट बैंकका क्षेत्रीय प्रबन्धक विशाल सापकोटा, विहानी साकोसका पूर्व अध्यक्ष पुण्यप्रसाद कडरिया, सतोष कुमार मेचे लगायतको आतिथ्यता रहेको थियो ।
सस्थाका अध्यक्ष कृष्ण प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष प्रसाईले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । ५ लाख ९५ हजार ७०० सेयर पूँजी बाट सुरु भएको सहकारीमा हाल २ करोड ४० लाख ७९ हजार ५०० रुपैयाँ सेयर रकम पुगेको तथा ४८ लाख ९६ हजार ३ सय २३ रुपैया नाफा कमाउन सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । संस्थाका उपाध्यक्ष बिनोद अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुनिता रिजालले गरेकी थिइन् ।
मेचीनगर । मेचीनगर – १४ स्थित बिहानी बचत...
मेचीनगर, ६ पुस । नेपाल जेसीजको उत्कृष्ट युवा...
बिर्तामोड । न्यु रोड टिम ९एनआरटी० झापाको बिर्तामोडमा...
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको...
मेचीनगर । ‘प्रथम इण्डो नेपाल अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२५’...
बिर्तामोड । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी...