पूर्वमेयर शिवाकोटीलाई थप सात दिन हिरासतमा राख्न अनुमति
झापा । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई पटक पटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप सात दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ ।
पाँच दिनको म्याद सकिएर आज थप म्यादका लागि शिवाकोटीलाई प्रहरीले जिल्ला अदालत लगेको थियो । प्रहरीले अनुसन्धान नसकिएको बताउँदै थप म्याद मागेपछि आज सात दिनको म्याद थप गरिएको जिल्ला अदालतका स्रेस्तेदार किरण सिंहले बताए ।
यसअघि अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न पहिलो पटक चार र त्यसपछि पाँच गरी ९ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडले शिवाकोटीलाई गत मंसिर २५ गते पक्राउ गरेको हो ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


