काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको अध्यक्षमा ओली

काँकरभिट्टा । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर ९काँकरभिट्टा एफटिसी० को अध्यक्षमा दिनेश ओली नवराज सर्वसम्मत चयन भएका छन् ।
झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको सेन्टरको तेस्रो अधिवेशनले ओलीको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा अशोक राई र द्वितीय उपाध्यक्षमा युवराज मुखियालाई चयन गरेको छ । त्यस्तै, सेन्टरको महासचिवमा लाक्पा तामाङ, सचिवमा मानिक पौडेल र कोषाध्यक्षमा पेमनर्बु शेर्पा चयन भएका छन् ।
सदस्यहरुमा उत्तरबहादुर तामाङ, रोशन काफ्ले, आशिष गुरुङ, मन्दिरा डुम्जन, मुन्ना सुब्बा, भूमिका सुब्बा, सुवास रम्तेल र सुरेश तिवारी रहेका छन् । निवर्तमान अध्यक्ष मीनबहादुर बस्नेत पनि कार्यसमितिमा अध्यक्ष पछाडिको वरीयतामा रहनेछन् ।

बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित आदर्श स्कुल अफ...

काँकरभिट्टा । काँकरभिट्टाबाट छोटो दूरीमा सञ्चालन हुने इभी...

मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मेचीनगरको पाँचौँ नगर अधिवेशनले...

मेचीनगर । खबरमञ्च साप्ताहिकको दसौं वार्षिकोत्सव एक विशेष...

मेचीनगर । विगत ७ वर्षदेखि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा...

मेचीनगर । मेचीनगरको बाहुनडाँगी स्थित चिया संसार प्रालिले...

काँकरभिट्टा । मेचीनगर गोल्डकप सञ्चालन गर्दा साढे २४...